पीएसजी प्रशिक्षक भन्छन्- “एक खेल खराब गयो भन्दैमा खुसी नहुनु, अब तहल्का मच्चाउने हो”

गत बुधबार च्याम्पियन्स लिग खेलमा क्लब ब्रुज विरुद्ध फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनले बिर्सनलायक खेल खेल्यो। क्लबका लागि पहिलो पटक एकसाथ खेलेका मेस्सी-नेयमार-एम्बाप्पेको ट्रियो बीच पनि राम्रो तालमेल देख्न मिलेन। तर पनि कहिलेकहिँ जस्तो सुकै क्लबको पनि खराब खेल हुनसक्ने विश्वास गर्ने क्लब प्रशिक्षक मौरीसियो पोचेटिनो भने चिन्तित छैनन्।

आइतबार राति हुने लियोन विरुद्धको खेल अगाडी अर्जेन्टिनी प्रशिक्षक पोचेटिनोले आफ्नो टोली निकै प्रभावशाली रहेको तर उच्च खेल देखाउनका लागि केहि खेल एकसाथ खेल्नु पर्ने बताएका छन्। उनले शनिबार भने,”क्लब ब्रुज विरुद्ध हामी बीच एकताको कमी भयो। एक खराब खेलको मतलब यो हैन कि हामी सधैं खराब प्रदर्शन गर्नेछौं। यसको मतलब यो हैन कि भविष्यमा फेरी खराब खेल खेल्नेछौं।”

आइतबार स्टार फुटबलर लियोनल मेस्सीले क्लबका लागि होम डेब्यु गर्दैछन्। बार्सिलोनाबाट पिएसजी पुगेका मेस्सीले आज राति पार्क डेस प्रिन्सेस स्टेडियममा पहिलो पटक खेल्नेछन्। पिएसजीले घरेलु मैदानमा लियोनको सामना गर्दा पिएसजीका समर्थकको ध्यान मेस्सी माथि हुनेछ। पिएसजीका प्रशिक्षक मौरिसियो पोचेटिनोका अनुसार होम ग्राउण्डमा हुने डेब्युलाई लिएर मेस्सी आफैं पनि उत्साहित छन्।

“पिएसजीमा प्रशंसक सामुन्ने पार्क डेस प्रिन्सेस स्टेडियममा डेब्यु गर्न मेस्सी उत्साहित छन्। साथै मेस्सी धैर्य र शान्त पनि छन्।”,पोचेटिनोले भने। बुधबार क्लब ब्रुज विरुद्धको खेलमा चोटका लागि मैदान छाड्न बाध्य भएका एम्बाप्पेको विषयमा बोल्दै पोचेटिनोले आफूहरु एम्बाप्पेको अवस्थालाई नियालिरहेको बताए। एम्बाप्पेले सावधानी अपनाएर प्रशिक्षणमा सहभागी भइरहेको पोचेटिनोको भनाई छ।

प्रकाशित : आइतबार, असोज ०३, २०७८१५:१७

फातिलाई हाइज्याक गर्ने सिटीको प्रयास !