दबावमा मेस्सी !

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी)का स्टार फुटबलर लियोनल मेस्सीले आज राति होम डेब्यु गर्दैछन्। बार्सिलोनाबाट पिएसजी पुगेका मेस्सीले आज राति पार्क डेस प्रिन्सेस स्टेडियममा पहिलो पटक खेल्नेछन्। पिएसजी र लियोन बीचको खेल नेपाली समय अनुसार आज राति १२ बजेर ३० मिनेटमा शुरु हुनेछ।

पिएसजीले घरेलु मैदानमा लियोनको सामना गर्दा पिएसजीका समर्थकको ध्यान मेस्सी माथि हुनेछ। च्याम्पियन्स लिग अन्तर्गत ब्रुग विरुद्ध खासै राम्रो प्रदर्शन गर्न नसकेका मेस्सी आज केहि दबावमा हुनेछन्। ब्रुग विरुद्ध मेस्सीले अपेक्षा गरिएजस्तो खेल्न सकेका थिएनन्। च्याम्पियन्स लिगमा एम्बाप्पे, नेयमार र मेस्सी हुँदा पनि पिएसजीले तुलनात्मक कम्जोर टोली विरुद्ध बराबरी खेलेको थियो।

उक्त खेल पश्चात पिएसजीको पूरा टीमका साथ-साथै मेस्सीको पनि आलोचना भएको थियो। फ्रेन्च मिडियाहरुले त मेस्सीलाई केन्द्रमा राखेर आलोचना गरेका थिए। त्यति मात्र होइन मेस्सीले नयाँ सिजनमा अहिले सम्म एक गोल पनि गर्न सकेका छैनन्।

अपराजित पिएसजी

नयाँ सिजन शुरु भएयता पिएसजी कुनै पनि खेलमा अपराजित भएको छैन। फ्रेन्च लिग अन्तर्गतका पाँचै खेलमा पिएसजीले जित निकालेको छ। पिएसजीको अगिल्ल जितहरुमा एम्बाप्पे निर्णायक बनेका थिए।

प्रकाशित : आइतबार, असोज ०३, २०७८१९:५०

च्याम्पियन्स लिगमा हराएका लिंगार्डले युनाइटेडलाई जिताए !