काठमाडौं । किसानको उत्पादनमा बिचौलिया हावी भएको कारण मुल्य निर्धारण पनि बिचौलियाले नै गर्ने गरेका छन । बजार मुल्य भन्दा धेरै कममा आफना उपज बिक्री गर्न बाध्य किसानसंग सामान खरिद गरेर बिचौलियाले महगोमा बिक्री गर्ने गरेका छन ।
कालिमाटी फलफुल तथा तरकारी बजार विकास सिमितका सूचना अधिकारी विनय श्रेष्ठले किसान र उपभोक्ताको बीचमा तरकारीको मूल्य अन्तर धेरै रहेको बताए । किसानले तरकारीलाई सचय गरेर राख्न नसक्दा मुल्य धेरै कम पाउने गरेको उनको भनाई छ । वर्षाका कारण पछिल्लो समय तरकारीको मुल्य बढेको बिकास समितिको भनाई छ । गतवर्षको तुलनामो तुलनामा तरकारीको मूल्य नबढेको भएपनि बजारमा भने उपभोग्य तरकारीको मुल्य अधिक रहेको छ ।
सो सम्बन्धमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता शिवराज सेढाईले तरकारीका विचौलियाको तह धेरै नै भएको हुँदा कृषकले मूल्य नपाउने तर उपभोक्ताले धेरै तिर्नु परेको बताएका छन ।
यस बारे किसानको आफनै गुनासो रहेको छ । तरकारीको पकेट क्षेत्रको रुपमा रहेको पाँचखालका किसान बिनिता घिमिरे आफुले उत्पादन गरेको तरकारी विचौलियाले बजारमा एक सय देखि एक सय १० रुपैँया विक्री गरे पनि आफुहरुले भने किलोको ३०/४० रुपैँया मात्रै पाउने गरेकी बताउछिन ।
बजारमा तरकारीको मूल्य जति बृद्धि भएपनि किसानले २५ प्रतिशत भन्दा बढी केहीले पाउन नसकेको उनको भनाई छ । वर्षभरी घामपानी नभन्दै किसानले तरकारी उत्पादन गरेर बजारमा पठाए पनि उत्पादीत वस्तुको मुल्य पाउन नसकेको उनको गुनासो छ ।
तरकारी विचौलियाको कब्जामा रहेको उनको बुझाई छ । विचौलियाको हातमा बजारमा हुँदा न त किसानले मूल्य पाउँछन नत उपभोक्ताले सस्तो मूल्यमा तरकारी खान पाउँछन् । कृषि प्रधान मुलुक भने पनि कृषकले समयमा खेतमा राख्न मल, विउविजन नपाएको उनको गुनासो छ ।