पीएसजीमा मेस्सीको दादागिरी: प्रशिक्षकसँग रिसाउँदै फन्किए [भिडियो सहित]

गयराती पीएसजी विरुद्ध लियोनको लिग १ खेलमा खेलको ७५ औं मिनेटमा प्रतिस्थापित भएपछि स्टार खेलाडी लियोनल मेस्सीले प्रशिक्षक मौरीसियो पोचेटिनोसँग हात मिलाउन अस्वीकार गरेका छन्।

खेल सकिन १५ मिनेट अगाडी प्रतिस्थापित भएका मेस्सीले पोचेटिनोले हात मिलाउन गरेको प्रयासलाई बेवास्ता गरेको एक भिडियोमा प्रष्ट देख्न सकिन्छ। उक्त भिडियोले अहिले निकै चर्चा पाइरहेको छ। ६ पटकका बालोन डी’ओर विजेताले नयाँ क्लबका लागि पहिलो गोल गर्ने निकै सुन्दर अवसरहरु सिर्जना गरेका थिए। तर उनले गोल भने गर्न सकेनन्। पहिलो हाफमा उनको सुन्दर फ्री-किक पोस्टमा लागेर फर्किएको थियो।

आक्रमण रणनीतिका साथ मैदानमा उत्रिएको पीएसजीले पहिलो हाफमा कुनै गोल गर्न सकेन। दोस्रो हाफको नवौं मिनेटमा नै लियोनका लुकास पाकेटाले गोल गर्दै आफ्नो टोलीका लागि अग्रता दिलाए। जसपछि खेलको ६६ औं मिनेटमा नेयमारले पेनाल्टी मार्फत गोल गर्दै खेल बराबरीमा लेराए। जसपछि खेलको अन्तिम समयमा माउरो इकार्डीले पीएसजीका लागि विजयी गोल गरे।

तर खेलको मुख्य केन्द्रविन्दु रह्यो मेस्सीको प्रतिस्थापन। खेल १-१ को बरबरीको स्थितिमा रहेको समयमा प्रशिक्षकले मेस्सीको स्थानमा डिफेन्डर एकारफ हाकिमीलाई मैदानमा प्रवेश गराएका थिए। जसपछि प्रतिस्थापित भएका मेस्सीसँग हात मिलाउन प्रयास गरेका पोचेटिनोलाई मेस्सीले बेवास्ता गरेका थिए। मैदान छाडेर बेन्चमा हुँदा प्रष्ट देख्न सकिन्च्थ्यो कि मेस्सी खुसी छैनन्।

६ खेल खेलेको पीएसजी सतप्रतिशत नतिजाका साथ १८ अंक जोडेर टेबलको शीर्ष स्थानमा रहेको छ। पराजित भएको टोली लियोन भने ८ अंकका साथ नवौं स्थानमा रहेको छ।

प्रकाशित : सोमबार, असोज ०४, २०७८११:०३

दूई स्टार-फरक कहानी: म्यानचेस्टरमा रोनाल्डो फुरुक्क, पीएसजीमा मेस्सी लुरुक्क !