राष्ट्रिय जनावर गाई का-ट्ने १० पक्राउ

सांकेतिक तस्विर।

नेपालको राष्ट्रिय जनावर गाई का-टेको आरोपमा मकवानपुर प्रहरीले १० जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार गाई का-टेर भाग लगाउँदै गरेको अवस्थामा प्रहरी चौकी हात्तिसुँडेबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

विशेष सूचनाका आधारमा प्रहरी उक्त स्थानमा पुगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पक्राउ पर्नेमा बकैया–११ कालिदमारका ३८ वर्षीय जनकबहादुर लो, सोही स्थानका ३५ वर्षीय राज लो, ४० वर्षीय रवीन्द्र लो, सिमाटार बस्ने ४५ वर्षीय राजकुमार घलान, ४८ वर्षीय प्रलादभक्त न्यासुर, च्याउच्याउ बस्ने १९ वर्षीय सोमार भोलन, ५० वर्षीया सञ्चमाया भोलन, १६ वर्षीय सन्देश विक, ४० वर्षीय सुनबहादुर तामाङ, ३६ वर्षीया फुलमाया थिङ रहेका छन् ।

उनीलाई गाई का-टेको सूचनाका आधारमा आइतबार साँझ पक्राउ गरिएको हो ।

प्रकाशित : सोमबार, असोज ०४, २०७८२०:२९

शाहरुख माथि ठूलो बज्रपात, एकाएक बहिष्कारको विषय ट्रेडिङमा