असोज लागेपछि पहिलो पटक बढ्यो सुनको मूल्य ! कति पुग्यो ?

काठमाडौँ – असोज महिना लागेपछि पहिलो पटक सुनको मूल्य बढेको छ। असोज महिनाको पहिलो दिन घटेर एक दिन स्थिर रहि सोमबार घटेको सुनको मूल्य आज बढेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा २ सय रुपैंयाँले बढेको छ। जससँगै छापावाला सुनको मूल्य ८९ हजार २ सय रुपैंयाँ कायम भएको छ।

त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि ३ ​सय रुपैंयाँले नै बढेको छ। यससँगै नेपाली बजारमा तेजाबी सुनको मूल्य ८८ हजार ७ सय ५० रुपैंयाँ कायम भएको छ।

यस अगाडी छापावाला सुनको मूल्य असोज १ र ३ गते ३ गते ८९ हजार १ सय थियो भने असोज ४ गते ८८ हजार ९ सय रुपैंयाँ थियो। त्यस्तै तेजाबी सुन असोज १ र ३ गते ८८ हजार ६ सय ५० रुपैंयाँमा कारोबार हुँदा असोज ४ गते ८८ हजार ४ सय ५० रुपैंयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य

नेपाली बजारमा आज सुन मात्र नभई चाँदीको मूल्य पनि बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य तोलामा रु ५ ले बढेर ११ सय ४० रुपैंयाँमा कारोबार भइरहेको छ।

प्रकाशित : मङ्गलबार, असोज ०५, २०७८११:१३

ओलीको मुद्दा आज सुनुवाइ हुँदै: अन्तरिम हुने वा नहुने टुङ्गो लाग्ने !