फर्गुसनले भनेका थिए- मेस्सी बार्सिलोना भन्दा बाहिर खेल्न सक्दैनन्, के सहि साबित हुँदैछ अहिले ?

एजेन्सी – नयाँ सिजनसँगै क्लब परिवर्तन गरेका विश्व फुटबलका स्टारद्वय क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीले आफ्नो नयाँ क्लबमा फरक सुरुवात पाएका छन्।

इटालियन क्लब युभेन्टस छाडेर इंग्लिस प्रिमियर लिगको म्यानचेस्टर युनाइटेड पुगेका रोनाल्डोले सानदार सुरुवात गरेका छन्। तर दुई दशक पछि बार्सिलोना छाडेर फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मा अनुबन्धित मेस्सीको लागि भने आशा गरेअनुसार सुरुवात भएको छैन। रोनाल्डोले डेब्युमा दुई गोलसहित ३ खेलमा ४ गोल गरेका छन्। तर पिएसजीमा भने मेस्सीले तीन खेल खेल्दा कुनै गोल गरेका छैनन्।

यस्तोमा सन् २०१५ मा पूर्व म्यानचेस्टर युनाइटेड प्रशिक्षक सर एलेक्स फर्गुसनले भनेको कुरा सहि साबित भएको हो कि भन्ने धेरैको मनमा आउन सुरु भएको छ। त्यो समयमा फर्गुसनले मेस्सीलाई बार्सिलोना खेलाडी भएको भन्दै उनले अन्य क्लबमा राम्रो प्रदर्शन गर्नेमा शंका गरेका थिए। त्यस्तै, आफूले प्रशिक्षण गरेको सर्वश्रेष्ठ खेलाडी रोनाल्डो भने जस्तो सुकै क्लबमा पनि अनुकूल हुने दाबी गरेका थिए।

“मान्छेहरु भन्छन् कि संसारको सर्वश्रेष्ठ खेलाडी को हो? र धेरै व्यक्तिले मेस्सी भनेका छन् – तपाईं यस धारणामा विवाद गर्न सक्नुहुन्न,” फर्ग्युसनले भने। “तर रोनाल्डो मिलवाल, क्वीन्स पार्क रेंजर्स, डोनकास्टर रोभर्स जुन क्लबबाट खेल्दा पनि ह्याट्रिक गर्न सक्छन्। म पक्का भन्न सक्दिन कि मेस्सीले यो गर्न सक्छन्” उनले भने।

फर्ग्युसनले थप भने,”रोनाल्डो दुबै खुट्टाका साथ उत्तिकै प्रभावकारी छन्, ऊ छिटो छ, एरियल क्वालिटी उत्कृष्ट छ र ऊ बहादुर छ- पक्कै मेस्सी पनि बहादुर छन्। तर मलाई लाग्छ मेस्सी बार्सिलोना टाइपको खेलाडी हुन्।”

हाल मेस्सी र रोनाल्डोको दुई फरक स्थिति हेर्दा सायद फर्गुसनको कुरा सहि होकी भन्न पनि सकिन्छ। तर यो कुरा प्रमाणित हुनको लागि भने निकै लामो समय बाँकी रहेको छ किनकि भर्खरै मात्र नयाँ सिजन सुरु भएको छ। दुबै स्टारले मात्र ३-३ खेल मात्र खेलेका छन्। मेस्सी जस्ता महान् खेलाडीलाई मात्र ३ खेलको आधारमा आँक्नु भनेको गलत हो। सिजनको अन्त्यमा सायद यो बहस छर्लंग हुनेछ।

प्रकाशित : मङ्गलबार, असोज ०५, २०७८१३:४४

पीएसजीमा असन्तुष्ट मेस्सी, विजयी गोल गर्दा समेत मतलब पनि गरेनन् !