एजेन्सी – ज्योतिष विज्ञानका अनुसार बुध बुद्धि, तर्क, संवाद, गणित, चतुरता र मित्रताको कारक ग्रह हो। सूर्य र शुक्र, बुधका मित्र ग्रह हुन् भने चन्द्र र मंगल यसका शत्रु ग्रह हुन्।
मिथुन र कन्या राशिको स्वामी रहेको बुधले यहि असोज ६ गते राशि परिवर्तन गर्दैछ। असोज ६ गते बुधबार आश्विन कृष्णपक्ष द्वितीयाका दिन बुध आग्रह कन्या राशिबाट तुला राशिमा प्रवेश गर्नेछ। बुधले राशि परिवर्तन गर्दा सम्पूर्ण राशिलाई प्रभाव पर्नेछ। ज्योतिषीहरुका अनुसार बुधको यस राशि परिवर्तनले सबै भन्दा बढी निम्न राशि नकारात्मक असर पार्नेछ।
वृष राशि
बुध तुला राशिमा प्रवेश गर्दा वृष राशि हुनेहरुलाई धेरै नै नकारात्मक प्रभाव पर्नेछ। गोप्य योजना तथा जानकारी बहिरन सक्ने हुँदा गोपनियता कायम गर्नुहोला। आफ्नै भनिएकाहरुबाट ठूलो धोका मिल्न सक्छ। गुप्तशत्रुहरुले अपमानित गर्ने प्रयास गर्नेछन्। त्यसैले आफ्ना कुनै पनि रणनीति बारे कसैलाई पनि जानकारी नदिनु होला। केहि समय सके सम्म आर्थिक लेन-देन देखि टाढा रहेकै राम्रो हुनेछ। प्रेम जीवनमा पनि बुधको नकारात्मक प्रभाव पर्न सक्छ। प्रेमि-प्रेमिकासँग अनावश्यक विवाद हुनेछ।
वृश्चिक राशि
बुधको राशि परिवर्तन वृश्चिक राशि हुनेहरुका लागि सम्पूर्णा तरीकाले अशुभ सावित हुनेछ। भागदौड बढेपनि धेरै जस्तो कार्य सफल हुनेछैनन्। परिश्रमी अनुसारको फल नमिल्दा मन खिन्न रहनेछ। बुधको राशि परिवर्तनसँगै खर्च पनि बढ्ने देखिन्छ। अत्यधिक खर्चका कारण आर्थिक समस्या आइलाग्नेछ। पेट सम्बन्धि समस्या ततहा चर्म रोगले सताउन सक्ला। सकेसम्म विवाद देखि टाढै रहेको राम्रो हुनेछ। बुधको राशि परिवर्तनले विद्यार्थीहरुलाई पनि असर पार्न सक्ने देखिन्छ।
मीन राशि
अष्टम आयु भावमा हुने बुध मीन राशि हुनेहरुका लागि खासै राम्रो शुभ रहने देखिँदैन। बुध तुला राशिमा हुँदा स्वास्थ्यमा समस्या देखा पर्नेछ। पाचन तथा श्वास-प्रश्वास सम्बन्धि समस्याले सताउन सक्ला। खान-पानमा विशेस सावधानी अपनाउनु होला। सामान्य भन्दा सामान्य कार्यका लागि पनि धेरै परिश्रम गर्नुपर्नेछ। कार्यक्षेत्रमा बाधा-अड्चनसँग सामना हुनेछ। अरुले फसाउन समेत सक्ने भएका कारण सावधानी आवश्यक पर्ने देखिन्छ। शत्रु हावी हुन सक्लान्।