एजेन्सी – ज्योतिष विज्ञानका अनुसार बुध बुद्धि, तर्क, संवाद, गणित, चतुरता र मित्रताको कारक ग्रह हो। सूर्य र शुक्र, बुधका मित्र ग्रह हुन् भने चन्द्र र मंगल यसका शत्रु ग्रह हुन्।
मिथुन र कन्या राशिको स्वामी रहेको बुधले यहि असोज ६ गते राशि परिवर्तन गर्दैछ। असोज ६ गते बुधबार आश्विन कृष्णपक्ष द्वितीयाका दिन बुध आग्रह कन्या राशिबाट तुला राशिमा प्रवेश गर्नेछ। बुधले राशि परिवर्तन गर्दा सम्पूर्ण राशिलाई प्रभाव पर्नेछ। ज्योतिषीहरुका अनुसार बुधको राशि परिवर्तनले सबै भन्दा बढी निम्न राशि हुनेहरुलाई लाभ पुर्याउनेछ।
मेष राशि
सप्तम भावमा हुने बुधको राशि परिवर्तन मेष राशि हुनेहरुका लागि वरदान भन्दा कम हुनेछैन। बुधको शुभ प्रभाव दाम्पत्य तथा प्रेम जीवनमा पर्नेछ। प्रेम सम्बन्धमा प्रगाढता बढ्नेछ। पहिला देखिका असहमति हटेर जानेछन्। नयाँ व्यवसायको लागि बुधको राशि परिवर्तन शुभ सावित हुनेछ। नयाँ साझेदारी कायम हुन सक्छन्। सरकारी कार्यबाट उल्लेख्य लाभ मिल्ने देखिन्छ भने राजनीति गर्नेहरुका लागि पनि बुधको राशि परिवर्तन धेरै शुभ सावित हुनेछ।
वृष राशि
बुध तुला राशिमा प्रवेश गर्दा वृष राशि हुनेहरुलाई धेरै नै नकारात्मक प्रभाव पर्नेछ। गोप्य योजना तथा जानकारी बहिरन सक्ने हुँदा गोपनियता कायम गर्नुहोला। आफ्नै भनिएकाहरुबाट ठूलो धोका मिल्न सक्छ। गुप्तशत्रुहरुले अपमानित गर्ने प्रयास गर्नेछन्। त्यसैले आफ्ना कुनै पनि रणनीति बारे कसैलाई पनि जानकारी नदिनु होला। केहि समय सके सम्म आर्थिक लेन-देन देखि टाढा रहेकै राम्रो हुनेछ। प्रेम जीवनमा पनि बुधको नकारात्मक प्रभाव पर्न सक्छ। प्रेमि-प्रेमिकासँग अनावश्यक विवाद हुनेछ।
मिथुन राशि
बुधको राशि परिवर्तन मिथुन राशि हुनेहरुका लागि धेरै नै शुभ सावित हुनेछ। छर-छिमेकीसँग विगत देखि रहेका विवादमा सहमति हुनेछ। घर-जग्गा सम्बन्धि कारोबारले लाभ दिलाउनेछ। शत्रु पनि मित्रमा परिणत हुनेछन्। कठिन भन्दा कठिन कार्यमा पनि सहजै सफलता मिल्नेछ। प्रतिष्पर्धा तथा निर्वाचनमा पनि सफलता मिल्ने देखिन्छ। विद्यार्थीहरुका लागि पनि बुधको राशि परिवर्तन धेरै शुभ सावित हुन सक्ला। यात्राको अवसर पनि जुर्न सक्नेछ।
कर्कट राशि
चतुर्थ सुख भावमा हुने बुधको गोचर कर्कट राशि हुनेहरुका लागि ठीकै रहनेछ। मित्रजन तथा आफन्तजनबाट उल्लेख्य सहयोग प्राप्त हुनेछ। नयाँ कार्य थालनीमा मित्रजनले आर्थिक सहयोग समेत गर्न सक्लान्। वैदेशिक रोजगारको ढोका खुल्नेछ। आर्थिक रुपमा बुधको राशि परिवर्तन समग्रमा राम्रै रहनेछ। घर-जग्गा किनबेच गर्ने सफल होला। तर, परिवारमा स्वास्थ्य समस्या रहनेछ। महत्वपूर्ण सामान हराउन सक्ने देखिन्छ। कानुनी रुपमा पनि समस्या पैदा हुन सक्ला।
सिंह राशि
तृतीय पराक्रम भावमा हुने बुधको प्रभाव सामान्य रहनेभएपनि सिंह राशि हुनेहरुमा पराक्रम बढ्नेछ। लिइएका निर्णय र गरिएको कामको प्रशंसा हुनेछ। परिवारका सम्पूर्ण सदस्यको सहयोग प्राप्त हुँदा मनात्व्पूर्ण कार्य सफल हुनेछ। धर्म र आध्यात्मिकतामका रुची बढ्न सक्ला। तर यात्रा गर्दा पनि सावधानी अपनाउनुपर्ने देखिन्छ। चिसो देखि समेत बच्न पर्ला। आफन्तजनलाई लिएर केहि अशुभ समाचार सुन्नुपर्ने हुन सक्छ। खर्चमा केहि नियन्त्रण आवश्यक रहनेछ।
कन्या राशी
बुधको राशि परिवर्तनले कन्या राशि हुनेहरुको आर्थिक स्थितिमा सुधार ल्याउनेछ। धेरै समय देखि अड्किएका कार्य सफल हुनेछन् भने अड्किएको धन फिर्ता हुनेछ। घर-परिवारबाट आफूले चाहेजस्तै सहयोग प्राप्त हुनेछ। कृषि कर्ममा हुनेहरुका लागि बुधको राशि परिवर्तन अझ बढी लाभदायक हुन सक्ला। वाणी कौशलताका कारण कठिन कार्य पनि सम्पन्न हुनेछन्। महिला वर्गका लागि पनि बुधको राशि परिवर्तन धेरै शुभ रहने देखिन्छ। गर-गहना जोड्ने मौका मिल्न सक्ला।
तुला राशि
बुधको राशि परिवर्तन तुला राशि हुनेहरुलाई सोचेभन्दा धेरै लाभप्रद रहने देखिन्छ। व्यवसायमा राम्रो सफलता मिल्नेछ भने व्यवसाय विस्तार गर्ने योजना पनि सफल भएर जानेछ। सम्पूर्ण रणनीति सफल हुँदा छुट्टै छाप छाड्न सफल भइनेछ। यात्राले आर्थिक लाभ गराउन सक्ने देखिन्छ। कानुनी रुपमा पनि बुधको राशि परिवर्तन शुभ रहनेछ। स्वास्थ्यमा पनि बुधको सकारात्मक प्रभाव रहनेछ। प्रिय व्यक्तिबाट उपहार प्राप्त हुन सक्ला।
वृश्चिक राशि
बुधको राशि परिवर्तन वृश्चिक राशि हुनेहरुका लागि सम्पूर्णा तरीकाले अशुभ सावित हुनेछ। भागदौड बढेपनि धेरै जस्तो कार्य सफल हुनेछैनन्। परिश्रमी अनुसारको फल नमिल्दा मन खिन्न रहनेछ। बुधको राशि परिवर्तनसँगै खर्च पनि बढ्ने देखिन्छ। अत्यधिक खर्चका कारण आर्थिक समस्या आइलाग्नेछ। पेट सम्बन्धि समस्या ततहा चर्म रोगले सताउन सक्ला। सकेसम्म विवाद देखि टाढै रहेको राम्रो हुनेछ। बुधको राशि परिवर्तनले विद्यार्थीहरुलाई पनि असर पार्न सक्ने देखिन्छ।
धनु राशि
एकादश लाभ भावमा बुधको गोचर हुँदा शुभ परिणाम मिल्ने भएपनि शत्रु हावी हुन सक्छन्। शत्रुहरुले अपमानित गर्ने प्रयास गर्न सक्छन्। महत्वपूर्ण कार्यमा समेत तगारो पैदा हुन सक्ने भएका कारण सतर्क रहनु होला। सकेसम्म साझेदारीमा कुनै पनि कार्य नगरेकै राम्रो होला। परिवारको भने पूर्ण सहयोग मिल्नेछ। विशेष गरेर माता-पिताकोले सकेको सबै सहयोग गर्नेछन्। केहि विलम्भ भएपनि परिवारको सहयोगमा राम्रो आर्थिक लाभ गराउने कार्य सम्पन्न हुनेछ।
मकर राशि
दशम कर्मभावमा हुने बुधको गोचरले मकर राशि हुनेहरुलाई अनेक प्रकारका लाभ दिलाउनेछ। पहिला अड्किएका कार्य सुचारु हुँदा तनाव कम हुनेछ। हरेक कार्यमा परिवारको सहयोग मिल्नेछ। ऊर्जाशक्ति बढ्दा कठिन कार्य पनि सम्पन्न हुनेछन्। सामाजिक पद प्रतिष्ठा बढ्नेछ भने मान-सम्मानको हकदार पनि भइएला। राजनीतिज्ञहरु संग घनिष्ठता बढ्नेछ। विद्यार्थी तथा विद्यार्थीहरुका लागि समेत बुधको राशि परिवर्तन धेरै शुभ सावित हुनेछ।
कुम्भ राशि
बुधको राशि परिवर्तनसँगै धर्म र आध्यात्मिकता प्रति चासो तथा रुची बढेर जानेछ। धार्मिक यात्राको योग देखिन्छ। धार्मिक यात्राका कारण सम्पूर्ण तनाव दूर हुनेछन्। बुधको राशि परिवर्तनले नयाँ लगानीको अवसर पनि दिलाउन सक्छ। भविष्यमा निकै ठूलो प्रभाव पार्न सकने कार्यको थालनी हुन सक्ला। विदेशी परियोजना हातलागी हुने समेत देखिन्छ। साहसिक निर्णयका लागि सम्मान मिल्न सक्ला। कठिन परिस्थितिमा पनि सहजै विजय दिलाउन बुधको भूमिका रहनेछ।
मीन राशि
अष्टम आयु भावमा हुने बुध मीन राशि हुनेहरुका लागि खासै राम्रो शुभ रहने देखिँदैन। बुध तुला राशिमा हुँदा स्वास्थ्यमा समस्या देखा पर्नेछ। पाचन तथा श्वास-प्रश्वास सम्बन्धि समस्याले सताउन सक्ला। खान-पानमा विशेस सावधानी अपनाउनु होला। सामान्य भन्दा सामान्य कार्यका लागि पनि धेरै परिश्रम गर्नुपर्नेछ। कार्यक्षेत्रमा बाधा-अड्चनसँग सामना हुनेछ। अरुले फसाउन समेत सक्ने भएका कारण सावधानी आवश्यक पर्ने देखिन्छ। शत्रु हावी हुन सक्लान्।