बेन्जेमा युरोपकै सर्वश्रेष्ठ फरवार्ड, हालाण्ड र लेवान्डोस्कीलाई पनि पछि पारे !

युरोपका घरेलु लिग भर्खरै मात्र सुरु भएका छन् तर महादेशका टप फरवार्डहरुले भने उत्कृष्ट लय प्राप्त गरिसकेका छन्। फ्रेन्च लिग (६ खेल) भन्दा अन्य सबै टप लिगमा हालसम्म ५ चरणका खेल मात्र खेलिएको छ। तर केहि प्रभावशाली संख्याहरु पहिले नै आउन सुरु भइसकेका छन्।

यस्तोमा आज हामी यस्ता पाँच फरवार्डहरुको बारेमा बताउँछौं जसले २०२१/२२ को सिजन गोल र असिस्टको हिसाबले सबैभन्दा बलियो सुरुवात गरेका छन्।

१. करिम बेन्जेमा (११) 

जारी सिजन भिनिसियस् जुनियरसँग निकै राम्रो जोडि जमेको फ्रान्सेली फरवार्ड रियल म्याड्रिडका लागि ६ गोल र ५ असिस्टका साथ ११ गोलमा संलग्न भएका छन्। बेन्जेमाको उत्कृष्ट प्रदर्शनको मद्दतमा रियल म्याड्रिड लालिगाको शीर्ष स्थानमा कायम रहेको छ।

२. एर्लिंग हालाण्ड (१०) 

गत सिजन जस्तो रफ्तारमा अन्त्य भएको थियो युवा स्टार हालाण्डले यो सिजन पनि उस्तै रफ्तारमा सुरु गरेका छन्। यस सिजन प्रत्यक ६४ मिनेटको हिसाबले गोल गर्दै आएका नर्वेजियन स्टारले ७ गोल गर्नुका साथै ३ असिस्ट पनि प्रदान गरेका छन्।

३. रोबर्ट लेवान्डोस्की (७) 

बार्यन म्युनिख स्टारले यस सिजन हालाण्डको बराबर नै गोल गरेका छन्। नयाँ सिजनमा ७ गोल गरिसकेका पोलिस स्ट्राइकरले कुनै असिस्ट पनि दिन सकेका छैनन्। गत सिजन ३४ लिग खेलमा ४१ गोल गरेका बार्यन स्टार यो सिजन पनि सोहि रफ्तारका साथ अग्रसर भएका छन्।

४. मिकायल एन्टोनियो (७)

गोल र असिस्ट दुबै मिलाएर यस सूचीमा पर्न सफल एक मात्र प्रिमियर लिग स्टार हुन् मिकाएल एन्टोनियो। उनले ४ प्रिमियर लिग खेलमा ४ गोल गरिसकेका छन् भने थप ३ असिस्ट पनि प्रदान गरेका छन्।

५. किलियन एम्बाप्पे (७) 

सिजनको सुरुवातमा रियल म्याड्रिडसँग नाम जोडिए पनि त्यसले फ्रेन्च स्टारको प्रदर्शनमा भने कुनै प्रभाव पारेन। ६ लिग खेलमा २२ वर्षीय स्ट्राइकरको नाममा ४ गोल र ३ असिस्ट रहेको छ।

प्रकाशित : मङ्गलबार, असोज ०५, २०७८१७:१५

कोम्यानलाई बर्खास्त गर्ने ‘मुड’मा बार्सिलोना ! को होला नयाँ प्रशिक्षक ?