देशभर कोरोना संक्रमणमुक्त हुनेको सङ्ख्या साढे ७ लाख माथि !

काठमाडौँ –  पछिल्लो २४ घण्टामा थप १ हजार ३३० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा पीसीआर मार्फत कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ७ लाख ८६ हजार ५७७ पुगेको छ भने एन्टिजेन विधिबाट ८९ हजार ३८२ जनामा संक्रमण पुष्टि भएको छ।

थप ९ हजार ६२६ जनाको पिसिआर परीक्षण तथा ३ हजार ९९६ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएकामा पिसिआर विधिबाट एक हजार ०३६ तथा एन्टिजेनबाट २९४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

हालसम्म पिसीआर परीक्षण गराउनेको सङ्ख्या ४१ लाख १३ हजार ५१२ जना पुगेको छ । हालसम्म ७ लाख ५४ हजार जना कोरोना भाइरसबाट मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर १ हजार ८३० सङ्क्रमित निको भएर घर फर्किएका छन् । निको हुने दर ९५ दशमलप ९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको सङ्ख्या २१ हजार ५२४ रहेको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर जनाको कोरोना संक्रमणको कारण ५ जनाको ज्यान गएको पुष्टि भएको छ। योसँगै हालसम्म कोरोना संक्रमणका कारण ज्यान जानेको सङ्ख्या ११ हजार ०५३  पुगेको छ।

प्रकाशित : मङ्गलबार, असोज ०५, २०७८१७:११

नेप्सेमा दोहोरो अङ्कको वृद्धि ! सबै भन्दा बढी कुन कम्पनीका शेयर मूल्य बढे ? [सूची सहित]