आज असोज कृष्ण प्रतिपदादेखि सोह्रश्राद्व सुरु भएको छ। श्राद्व १६ दिनसम्म हुने गर्छ। यस अवधिमा परम्पराअनुसार आफ्नो घर, कोठा, त्रिवेणी, दोभान, घाटलगायत अन्य तीर्थस्थलमै गएर पितृको श्राद्ध तथा तर्पण गरिन्छ । आजबाट सुरु भएको सोह्रश्राद्ध असोज २० गते समाप्त हुनेछ।
सोह्रश्राद्ध अवधिमा के गर्ने, के नगर्ने ?
– श्राद्ध मध्यान्हपछि मात्र गर्नुहोस, जब सूर्यको छाया अगाडी होइन पछाडि होस्।
– श्राद्ध कहिल्यै बिहान र अँध्यारोमा नगर्नुहोस्।
– यस समयमा ब्राह्मणहरुलाई खाना खाएर दान गर्नुहोस्, यसो गर्नु शुभ मानिन्छ।
-फलामको कुर्सीमा बसेर ब्राह्मणहरुलाई पूजा नगर्नुहोस् । र केराको पातमा उनीहरुलाई खाना नखुवाउनुहोस्।
– पिन्ड दान गर्दा सधैं दाहिने काँधमा जनै राख्नुहोस्।
-पिण्ड दान गर्दा तुलसी जसरि पनि राख्नुहोस्।
-कहिल्यै पनि स्टिलको भाडाबाट पिण्ड दान नगर्नुहोस। बरु चरेसको थाल, तामा वा चाँदीको भाडा प्रयोग गर्नुहोस्।
-सधैं दक्षिण तिर मुख गरेर पिण्ड दान गर्नुहोस्।
-पिताको श्राद्ध कि छोरा वा बुहारीले गर्नुहोस।
-श्राद्ध गर्ने व्यक्ति श्राद्धको १६ दिनसम्म मनलाई शान्त राख्नुपर्छ।
-श्राद्ध सधैं आफ्नो घरमा वा सार्वजनिक भूमिमा गर्नुहोस्।
– श्राद्ध कुनै अरु व्यक्तिको घरमा नगर्नुहोस ।