यी तीन घरेलु तीन ‘फेसप्याक’ जसले चम्काउँछ अनुहार, हटाउँछ चाया-पोतो !

काठमाडौँ,अनुहारमा देखिने विभिन्न समस्याले सधै सताइरहने गर्छ । जाडोको बेलामा अनुहार फुस्रो हुने, फुट्ने, चाया आउने जस्ता विभिन्न समस्याहरु आइरहने गर्छन् ।

यस्तो समस्याले महिला मात्र नभएर पुरुष्हरु पनि समस्यामा हुने गर्छन् । यस्तो समस्याले पुरुषहरुलाई भन्दा बढी महिलाहरुलाई सताउने गर्छ । त्यसैले यस्तो समस्या बाट छुटकारा दिलाउनको लागि ब्युटिसियन हेनसन शाक्यले घरेलु उपायहरु सिकाएकी छन् ।

प्याक १ सामग्री :एक चम्चा काँचो दूध, आधा चम्चा कागतीको रस, आधा चम्चा गोलभेँडाको रस, थोरै पाउरोटीको सेतो भाग, बनाउने विधि

दूध, कागती र गोलभेँडाको रस आपसमा मिसाएर घोल्नुहोस् । यसमा आवश्यकताअनुसार थोरै पाउरोटीको सेतो भाग मिसाएर पेस्ट तयार गर्नुहोस् । पाँच मिनेटमै प्याक अनुहारमा लगाउन तयार हुन्छ ।

लगाउने तरिका : रातिको समयमा प्याक लगाउनु उत्तम हुन्छ । प्याक लगाएर २० मिनेटपछि चिसो पानीले अनुहार हल्कासँग पखाल्नुहोस् । यो प्याक नियमित प्रयोग गर्दा अनुहारको चाया, डेड सेललगायत सबै फोहोर हट्छ । अनुहारमा चमक ल्याउँछ ।

प्याक २ सामग्री : दुई–तीन पत्ता कालो तुलसी, तीन–चार थोपा कागतीको रस, दुई थोपा मह ।

बनाउने विधि :तुलसीको पातलाई राम्रोसँग पिस्नुहोस् । यसमा मह र कागतीको रस मिसाएर पेस्ट तयार पार्नुहोस् ।

लगाउने तरिका :प्याक बनाएपछि राति सुत्नुअघि पूरै अनुहारमा लगाउनुहोस् । समस्या भएको स्थानमा केही बढी लगाउन सकिन्छ । बढीमा आधा घन्टा अनुहारमा राखेपछि चिसो पानीले भिजाउँदै प्याक सफा गर्नुहोस् । हरेक दिन यो प्याक प्रयोग गर्दा अनुहारको अनावश्यक फोहोर हटेर चमक आउन थाल्छ ।

प्याक ३ सामग्री :ठूलो एक चम्चा मुंग दालको पाउडर, सानो एक चम्चा दही, एक–एक चम्चा अन्डाको सेतो र पहेँलो भाग, आधा चम्चा मह, एक चिम्टी बेसार, आधा भाग कागतीको रस ।

बनाउने विधि :सबै सामग्रीलाई एउटा भाँडोमा राखेर राम्रोसँग फिट्नुहोस् र प्याक तयार पार्नुहोस् ।

लगाउने तरिका: प्याकलाई अनुहारमा लगाउनुहोस् र हल्का मसाज गरेर आधा घन्टासम्म छाडिदिनुहोस् । आधा घन्टापछि चिसो पानीले हल्का भिजाउँदै पखाल्नुहोस् । बेसारको मिश्रणमा बनेको यो प्याक नियमित लगाउँदा खासगरी चायापीडितलाई निकै राहत मिल्छ ।

प्रकाशित : मङ्गलबार, असोज ०५, २०७८१९:२८

नुहाउँदा पिसाब गर्दा तपाईंको स्वास्थ्यमा पर्छ असर ? यसो भन्छन् विशेषज्ञ !