आधुनिक फुटबलका सर्वश्रेष्ठ जोडि सबैभन्दा बढी कमाई गर्ने खेलाडीमा पर्छन्। मेस्सी र रोनाल्डोले सबैभन्दा बढी कमाई गर्दा सूचीको टप ४ मा तीन जना फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनका खेलाडी रहेका छन्।
१२ वर्षपछि ३६ वर्षीय उमेरमा पनि ठूलो रकममा म्यानचेस्टर फर्किएका रोनाल्डोले कमाईको हिसाबले मेस्सीलाई पछि पार्दै फोर्ब्सको सबैभन्दा बढी कमाउने फुटबलरको सूचीमा शिर्ष स्थान हाँसिल गर्न सफल भएका छन्। ७० मिलियन पारिश्रमिक कमाउने रोनाल्डोले विज्ञापन र बोनसका साथै यो सिजन ५ पटकका ब्यालुन डी ओर विजेताले १२५ मिलियन कमाउने देखिन्छ।
दोस्रो स्थानमा रहेका मेस्सीले ११० मिलियन कमाउने देखिन्छ भने उनका क्लब मेट नेयमार र एम्बाप्पे तेस्रो र चौंथो स्थानमा रहेका छन्।
फोर्ब्सका अनुसार यी हुन् सबैभन्दा बढी कमाउने टप १० फुटबलर
Player | Club | 2021-22 Total earnings |
---|---|---|
Cristiano Ronaldo | Manchester United | $125m/ £91.5m |
Lionel Messi | Paris Saint-Germain | $110m/ £80.5m |
Neymar | Paris Saint-Germain | $95m/ £69.5m |
Kylian Mbappe | Paris Saint-Germain | $43m/ £31.5m |
Mohamed Salah | Liverpool | $41m/ £30m |
Robert Lewandowski | Bayern Munich | $35m/ £26m |
Andres Iniesta | Vissel Kobe | $35m/ £26m |
Paul Pogba | Manchester United | $34m/ £25m |
Gareth Bale | Real Madrid | $32m/ £23.5m |
Eden Hazard | Real Madrid | $29m/ £21m |