लेवान्डोस्कीले भने – “मैले अरु लिगमा गएर आफूलाई प्रमाणित गरिरहनु पर्दैन”

एजेन्सी – बार्यन म्युनिखका स्टार रोबर्ट लेवान्डोस्कीले आफूलाई अन्य लिगमा प्रमाणित गर्नुपर्ने अवस्था नरहेको बताएका छन्। युरोपियन गोल्डेन बुट जितेपछि प्रतिक्रिया जनाउने क्रममा लेवान्डोस्कीले आफूलाई अन्य लिगमा प्रमाणित गर्नुपर्ने अवस्था नरहेको बताएका हुन्।

गत सिजन लेवान्डोस्कीले जर्मन बुन्डेसलिगामा बायर्नका लागि ४१ गोल गरेका थिए। चोटका कारण एक महिना गुमाएपनि लेवान्डोस्कीले युरोपकै सर्वाधिक ४१ गोल गर्न सफल भएका हुन्। गोलसंख्या ४१ पुर्याउन उनलाई मात्र २९ खेल लागेको थियो।

सन् २०२१ को युरोपियन गोल्डेन बुट मंगलबार प्रदान गरिँदा लेवान्डोवस्कीले आफू बायर्नमै प्रतिवद्ध रहेको बताए। लेवान्डोवस्कीले बायर्न छाड्ने चर्चा चलिरहेका बीच उनले आफू बायर्नमै प्रतिवद्ध रहेको बताएका हुन्।

“म शत प्रतिशत बायर्नमा प्रतिवद्ध छु। मेरो टीम बाहेक म केहि पनि सोच्दिन।”,बायर्न छाडेर प्रिमियर लिग जान सक्ने चर्चालाई खारेज गर्दै लेवान्डोस्कीले भने। आफू युरोपमा उत्कृष्ट टीमहरुसँग च्याम्पियन्स लिगमा प्रतिष्पर्धा गर्ने हुँदा आफूलाई प्रमाणित गर्न अन्य लिगमा जानु पर्छ भन्ने नरहेको उनले स्पष्ट पारे।

उनले भने,”मैले अर्को लिगमा गएर आफूलाई प्रमाणित गर्नुपर्छ जस्तो लाग्दैन। किनकी च्याम्पियन्स लिगमा युरोपका उत्कृष्ट क्लबहरुसँग मैले प्रतिष्पर्धा गरिरहेकै हुन्छु।”

त्यस्तै लेवान्डोस्कीले आफूमा अझै केहि वर्ष बाँकी रहेको बताए। उमेर अंक मात्रै रहेको उनको भनाई छ। आफू अझै केहि वर्ष उच्च लयमा खेल्न सक्ने लेवान्डोस्कीले दावी गरे।

“उमेर अंक मात्रै हो। म धेरै राम्रो महसुस गरिरहेको छु। मलाई थाहा छ आउने वर्षहरुमा पनि म शीर्ष स्तरमा खेल्नेछु।”,उनले भने। लेवान्डोस्कीले आफू वाइन जस्तै रहेको र वर्ष बित्दै जाँदा झनै राम्रो हुने पनि बताए।

प्रकाशित : बुधबार, असोज ०६, २०७८११:४६

“टाउको झुकाएर मैदानमा लुरु-लुरु हिड्छन् मात्र, केहि गर्न भने सक्दैनन्”- भन्दै मेस्सीको आलोचना !