पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आइतबार ओलम्पिक लियोनाईसलाई २-१ ले पराजित गर्दा मेस्सी खेलको केन्द्रविन्दु रहे। मेस्सीले खेलमा राम्रो प्रभाव पार्न नसकेपछि प्रशिक्षक मौरिसियो पोचेटिनोले ३४ वर्षीय फरवार्डलाई खेलमा १५ मिनेट बाँकी रहँदा प्रतिस्थापित गर्दै सबैलाई चकित पारे।
फ्रान्सेली प्रकाशन ले पेरिसियन (मार्का को माध्यम बाट) लियोन विरुद्धको खेलमा मेस्सीको प्रदर्शनको सबैभन्दा आलोचना गर्यो। फ्रान्सेली मिडियाहाउसले मेस्सीले बार्सिलोनामा जस्तो खेलमा प्रभाव पार्न सक्ने क्षमता नभएको दाबी गरेको छ। ले पेरिसियनले लेख्यो,”पेरिसमा उनको समय अपेक्षा भन्दा धेरै जटिल हुनेछ। मेस्सी सुक्दैछन्। टाउको झुकाएर लखर-लखर खेलमा हिड्छन् र अब खेलमा खास प्रभाव पार्न सक्दैनन्।”
आइतबार लियोन विरुद्धको खेलमा पीएसजीका लागि होम डेब्यु गरेका मेस्सीले खासै राम्रो प्रदर्शन गर्न सकेनन्। ६ पटकका ब्यालुन डी’ओर विजेताले ७६ औं मिनेटमा विंग ब्याक एकारफ हाकिमीले प्रतिस्थापित गर्नु अगाडी खेलमा कुनै प्रकारको प्रभाव बनाउन सफल भएनन्। २१ वर्ष बार्सिलोनामा बिताएपछि यसै सिजन मात्र पेरिस प्रस्थान गरेका ३४ वर्षीय स्ट्राइकरले नयाँ क्लबमा सुखद सुरुवात गर्न सकेका छैनन्।
३० अगस्टमा रेइम्स विरुद्धको खेलबाट लिग १ डेब्यु गरेका मेस्सी उक्त खेलमा ६५ औं मिनेटमा नेयमारको स्थानमा मैदान प्रवेश गरेका थिए। उक्त खेलमा खासै प्रभाव छाड्न असफल रहेका मेस्सीले गत बुधबार क्लब ब्रुज विरुद्ध च्याम्पियन्स लिह डेब्यु गरेका थिए। १-१ को बराबरीमा सकिएको खेलमा पनि मेस्सीले अपेक्षा अनुसार प्रदर्शन गर्न सकेनन्।