वाक्क-दिक्क भएपछि एकै एसएमएसबाट सलमानसँग ब्रेकअप ! के थियो मेसेजमा ?

एजेन्सी – बलिउड अभिनेत्री कटरिना कैफ बलिउडमा स्थापित हुनुमा सलमान खानको ठूलो हात छ। कटरिना सलमानकै कारण बलिउडमा स्थापित भएको पनि भन्न सकिन्छ।

यी दुई कुनै एक समयमा प्रेम सम्बन्धमा पनि थिए। कटरिना र सलमान खानको प्रेम सम्बन्ध बारे कमैलाई मात्र थाहा नहोला। सन् २००३ मा बलिउड डेब्यु गरेको केहि वर्षपछि नै कटरिना सलमानसँग प्रेम सम्बन्धमा रहेको र दुई बीचको सम्बन्ध ४ वर्ष सम्म चलेको बताउने गरिन्छ।

सलमान र कटरिनाको ब्रेकअप चलचित्र ‘अजब प्रेम की गजब कहानी’को शुटिंगका क्रममा भएको भारतीय संचार माध्यमहरु बताउँछन्। उनीहरुका अनुसार कटरिनाले एक एसएमएस पठाएर ब्रेकअप दिएकी थिइन्।

के मेसेज पठाएकी थिइन् ?

बताइएआनुसार, त्यति बेला कटरिना ऊटीमा रणबीर कपूरसँग शुटिंग गरिरहेकी थिइन्। सलमानसँग दिक्क हुँदै गएकी कटरिनाले सलमानसँग एसएमएसबाटै ब्रेकअप गरेकी थिइन्। मेसेजमा उनले प्रेम सम्बन्ध अगाडी बढ्न नसक्ने र प्रेम सम्बन्ध नरहेपनि आफूहरु जीवनभर राम्रो साथी बनिरहने उल्लेख गरेकी थिइन्।

सलमानसँग दिक्क थिइन् कटरिना

कटरिनालाई नजिकबाट चिन्नेहरुका अनुसार सलमानसँगको सम्बन्धबाट उनी पछिल्लो समय दिक्क थिइन्। कटरिनाले आफ्ना नजिकका साथीहरुलाई आफूहरुको सम्बन्ध धेरै टिक्न नसक्ने बताउने गरेकी थिइन्। सलमान र आफू बीचको उमेर अन्तरले पनि कटरिनालाई समस्यामा पारेको थियो। त्यति मात्र नभई रणबिर कम्पूरसँग पनि कटरिना नजिक हुँदै गएकी थिइन्।

सलमानसँग ब्रेकअप भएपछि कटरिनाको रणबिरसँग प्रेम सम्बन्ध शुरु भएको थियो। दुई बीचको सम्बन्ध कयौं वर्ष सम्म चलेको थियो। विवाह नगरेपनि दुवई सँगै बसका थिए। तर पछि गएर यी दुईको पनि प्रेम सम्बन्ध टुटेको थियो।

प्रकाशित : बुधबार, असोज ०६, २०७८१२:५२

यी हुन् करीनाका सबै भन्दा ठूला दुश्मन, जसको मुख समेत हेर्न चाहनन् !