आजबाट खुल्यो यस कम्पनिको आइपिओ, कत्ति कित्ता भर्ने?

साहस ऊर्जा कम्पनिले सर्वसाधारणको लागि  प्राथमिक शेयर (आइपिओ) बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि बिक्री खुला गरेको आइपिओ असोज १०  गतेसम्म जारी रहनेछ ।

कम्पनीले प्रतिसेयर १०० मूल्यका दरले कुल ७० लाख कित्ता आइपिओ बिक्री खुल्ला गरेको हो। जसमध्ये सामुहिक लगानी कोषका लागि ३ लाख ५० हजार कित्ता र कर्मचारीका लागि २ लाख १० हजार कित्ता  सुरक्षित गरिएको छ । बाँकी रहेको ६४ लाख ४० हजार कित्ता सेयर भने  सर्वसाधारणलाई बाँडफाँड हुनेछ।

पछिल्लो समय आइपिओ भर्नेको संख्या करिब २४ लाखको हाराहारीमा पुग्ने गरेको छ । तर यस कम्पनिको शेयर भने १० कित्ताका दरले कुल ६ लाख ४४ हजार जनाले पाउने छन्।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल रहेको छ । यस कम्पनीको आइपिओमा सिडिएससीको मेरो सेयर र आफ्नो बैंक खाता रहेको जुनसुकै शाखाबाट पनि आवेदन दिन सकिनेछ।

प्रकाशित : बुधबार, असोज ०६, २०७८१५:२७

नेप्सेमा उच्च अङ्कको वृद्धि, १४ कम्पनीको शेयरमा सकारात्मक सर्किट, कुन-कुन ?