“प्रशिक्षणमा मेस्सी एक ‘अत्याचारी’ खेलाडी थिए”- कोम्यान

पूर्व बार्सिलोना कप्तान लियोनल मेस्सी बार्सिलोनामा प्रशिक्षणको क्रममा “अत्याचारी” जस्तै रहेको बार्सिलोनाका प्रमुख प्रशिक्षक रोनाल्ड कोम्यानले खुलासा गरेका छन्।

यसै सिजन मात्र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग आवद्ध हुनु अगाडी मेस्सीले बार्सिलोनाको स्तर नै बढाउने क्रममा आफूलाई पनि फुटबल जगत कै सर्वश्रेष्ठ खेलाडीका रूपमा स्थापित गरेका छन्। ६ पटकका ब्यालुन डी ओर विजेताको तारिफ गर्दै पूर्व डच राष्ट्रिय टोलीका प्रशिक्षक कोम्यानले ३४ वर्षीय स्ट्राइकर प्रशिक्षणमा पनि पराजित हुन मन नपराउने खेलाडी रहेको बताएका छन्।

उनले भोटबल इन्टरनेशनललाई भने,”मेस्सी निकै खास खेलाडी थिए। पक्कै पनि उनको वरिपरी राम्रा खेलाडी थिए तर उनले हरेक खेलमा फरक सिर्जना गर्ने गर्थे। उनकै कारण सबै खेलाडी उत्कृष्ट देखिन्थे। यो आलोचना हैन। तर एक अवलोकन हो।”

खेलको हरेक खेलमा मेस्सी १० मा १० रहेको भन्दै उनले थपे,”मलाई थाहा थियो उनि कति उत्कृष्ट छन् भनेर, तर दैनिक नजिकबाट उनलाई देख्दा निकै आनन्द महशुस हुन्थ्यो। एक फुटबल खेलाडी सिकाउने कुरा भनेको: परिस्थितिहरु पहिचान गर्नु, दबाबमा बल रिसिभ गर्नु, बलको गति, फिनिसिङ हुन्। मेस्सी यी सबैमा सर्वश्रेष्ठ थिए।”

मेस्सी फुटबल मैदानमा मात्र नभएर प्रशिक्षणको क्रममा पनि हारेको कतै सहन नसक्ने पनि कोम्यानले खुलासा गरेका छन्। करियरमा मात्र एक पटक प्रशिक्षणमा कुनै कुरामा पराजित हुँदा पूरा एक हप्तासम्म रिसाएको सुदाउँदै बार्सा प्रशिक्षकले मेस्सीलाई ‘अत्याचारी’ को संज्ञा दिएका छन्।

प्रकाशित : बुधबार, असोज ०६, २०७८१५:५४

फ्रान्समा नेयमार-मेस्सीले हावा खाए, एम्बाप्पे मात्र होइन यी खेलाडीले पनि दुवैलाई पछि पारे !