काठमाडौँ, पछिल्लो समय अभिनेता तथा गायक प्रशान्त तामाङको मृत्यु भएको खबर बाहिरिएको थियो। तर यो खबर हल्ला मात्र रहेको बताइएको छ ।
केहि दिनदेखि गायक प्रशान्तको मृत्यु भएको खबर बाहिरिएपछि पत्नी मार्था तामाङले उक्त खबर सरासर झुटो र भ्रामक रहेको बताएकी छिन्। साथै यस्तो झुटो खबर फैलाउने मिडियालाई उजुरी समेत गर्ने जानकारी गराएकी छिन्।
मार्था तामाङले आफ्नो श्रीमान भगवानको आशीर्वादले स्वस्थ रहेको बताएकी छिन्। साथै उनले आफ्नो परिवार, आफन्त र साथीभाइको चासो र मायाप्रति धन्यवाद दिएकी छिन्।
पछिल्लो समय थुप्रै मिडियाहरूले जीवित मानिसलाई पनि मरेको भन्दै न्युजहरू सम्प्रेषण गर्दै आएका छन्।