यी जडिबुटी डढाएर खरानी प्रयोग गर्दा मिल्छ नसोचेको फाइदा, पत्थरी समेत हुन्छ निको !

काठमाडौँ । खरानी हामी सबैले जानेको चीज हो । यो दाउरा पोल्दा निस्कन्छ । यो भाँडा धुन तथा मलको लागि अति उत्तम हुन्छ । गाउँघरमा अझैपनि खरानीलाई भाँडाकुँडा सफा पार्न प्रयोग गरिन्छ । आज हामी केही जडिबुटीको खरानी बनाएर औषधीको रुपमा प्रयोग गर्न सकिने तरिका बारे जानकारी गराउँदै छौँ ।

१. पत्थरीमा
नीमको पातको खरानी बनाउनु र आधा चम्चा बिहानरबेलुका केही हप्ता सम्म खाने गरेमा ठीक हुन्छ ।

२. बगिरहने घाउमा
नीमको बोक्राको खरानी लगाउनाले बगिरहने घाउमा आराम हुँदै जान्छ ।

३. जुका परेमा
नरिवलको पात पोलेर खरानी बनाएर छानेर बिहानरबेलुका १्१ चम्चा खाँदा साधारण जुका र नाम्लेजुका आदि रोग निर्मुल भएर जान्छ ।

४. अल्काईको रोगमा
नरिवलको बाहिरको जटा पोलेर खरानी बनाउने तथा १्१ ग्लास दहीमा फिटेर बिहानरबेलुका खाने गरेमा केही दिनमा नै अल्काई रोग ठीक हुन्छ ।

५. खोकी लागेमा
दतिवनको पन्चाङ्गको खरानी एक चम्चामा एक मह मिसाएर बिहानबेलुका खाने गरेमा खोकी लागेको ठीक हुन्छ ।

६. कण्ठमाला भएमा
दतिवनको जराको खरानी पिनेर कण्ठमालामा लगाउने तथा आधा चम्चा पानीमा मिसाई खानाले ठीक भएर जान्छ ।

प्रकाशित : बुधबार, असोज ०६, २०७८१९:०७

चिकित्सक भन्छन् – ‘दशैं भन्दैमा पोलेको, भुटेको र अधिक बोसो भएको मासु नखानुहोस्’