तनावमा कोम्यान, बर्खास्तीको चर्चाले पछि यसो भने !

एजेन्सी – बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यान अहिले धेरै नै अफ्ठेरो अवस्थामा छन्। च्याम्पियन्स लिगमा बायर्न म्युनिकसँग ३-० ले हारेको बार्सिलोना ग्रानडासँग बराबरीमा रोकिएसँगै कोम्यान झनै दबावमा परेका छन्।

गएको केहि समय देखि उनी बर्खास्त हुन चर्चा पनि चलिरहेको छ। बार्सिलोना नयाँ प्रशिक्षकको खोजिमा रहेको र नयाँ प्रशिक्षक उपलब्ध हुने बितिकै कोम्यान बर्खास्त हुने धेरैको अनुमान छ।

यस्तै चर्चामा बीच कोम्यानले बुधबार आफ्ना असन्तुष्टिहरु पत्रकार माझ पढेर सुनाए। क्लबको अवस्थालाई लिएर कोम्यानले विभिन्न असन्तुष्टि व्यक्त गरे। कोम्यानले बार्सिलोनाको नाजुक आर्थिक स्थितिका बाबजुत आफू बार्सिलोना पुनर्निर्माणको चुनौतीलाई स्विकार गर्ने बताए।

“म बार्सिलोनाको पुनर्निर्माणमा प्रतिवद्ध छु। तर मलाई बार्सिलोनाको तर्फबाट पनि सहयोग हुनुपर्यो। “,बुधबार पत्रकार सामू उनले भने। च्याम्पियन्स लिगमा कुनै चमत्कारको आशा गर्न नसकिने भन्दै कोम्यानले बायर्न म्युनिखसंगको हारलाई त्यसै अनुरुप हर्न पर्ने कोम्यानले बताए। उनले भने,”च्याम्पियन्स लिग मा, कुनै चमत्कार को आशा गर्न सकिदैन।”

क्लबलाई सबै तिरबाट सहयोगको आवश्यकता रहेको पनि कोम्यानले प्रष्ट पारे। शब्दले मात्र नभई कामले पनि बार्सिलोनालाई सहयोग गरिनुपर्ने उनको भनाई छ। कोम्यानले भने,”टीमलाई साथ र समर्थनको खाँचो छ, बोलिले पनि कामले पनि।”

प्रकाशित : बिहिबार, असोज ०७, २०७८११:१५

गण्डकीलाई पहिलो साक्षर प्रदेश प्रतिवद्धता