पोर्चुगिज दिग्गज क्रिस्टियानो रोनाल्डो अर्को १८ महिनामा म्यानचेस्टर युनाइटेड को प्रशिक्षक बन्ने भविश्ववाणी गरिएको छ। टिम शेरवुडले बोल्ड दाबी गरेका छन् कि रोनाल्डो ओल्ड ट्राफोर्डको हट सिट लिनको लागि छिटै तयार हुनेछन्।
आइतबार वेस्टह्याम माथि २-१ को जीत निकाल्दा भएको एक घटनापछि ३६ वर्षीय स्ट्राइकर आफ्नो खेल जीवनपछि प्रशिक्षणमा लाग्नेमा शेरवुड विश्वस्त रहेका छन्। “रोनाल्डो टचलाइनमा बसेर अन्य खेलाडीलाई निर्देशन दिन्छन् भने त्यो ठिकै छ। र ओलेले पनि यो कुरा स्वीकार गर्छन्। यदि ओलेले रोनाल्डोलाई आफ्नो क्लबमा अनुबन्ध गरेका हुन् भने उनलाई थाहा हुन जरूरी छ कि रोनाल्डोले आफूसँग के-के ल्याउँछन्,”शेरवुड लेडब्रोक्सलाई भने।
१२ वर्षपछि क्लब फर्किएका रोनाल्डो पहिलो कार्यकालका रोनाल्डो भन्दा निकै फरक रहेको उनको बुझाई रहेको छ। रोनाल्डलाई आफूले कुनै पनि खेलमा कसरी प्रभाव पार्ने भन्ने कुरा राम्रोसँग थाहा भएकोले यदि उनले टचलाइनमा बसेर कसैलाई निर्देशन दिन चाहन्छन् भने प्रशिक्षकले भने त्यसलाई स्विकार्नु पर्ने उनले दाबी गरे।
Five years ago today, Cristiano Ronaldo went full-on coach mode to help Portugal win EURO 2016 🏆
(🎥: @EURO2020)pic.twitter.com/xbcANoqJAX
— B/R Football (@brfootball) July 10, 2021
“हामीले उनलाई राष्ट्रिय टोलीका लागि पनि यस्तो भूमिकामा देखिसकेका छौं, पछिल्लो समय २०१६ युरोप कप फाइनलमा। यो केटो १०० प्रतिशत प्रशिक्षक बन्छ,” उनले भने,”म उनी १८ महिनामा म्यानचेस्टर युनाइटेडको म्यानेजर बन्ने कुरामा शर्त राख्छु। जब रोनाल्डोले सन्यास लिन्छन्, मलाई लाग्छ उनी प्रशिक्षक बन्छन्।”
रोनाल्डोले रेड डेभिलसँग २ वर्षीय सम्झौतामा हस्ताक्षर गरेपछि क्लबका लागि नकै उत्कृष्ट सुरुवात गरिरहेका छन्। उनले क्लबका लागि ३ खेलमा ४ गोल गरिसकेका छन्।