एजेन्सी – फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले बुधबार राति लिगको पुछारमा रहेको मेट्जलाई पराजित गर्यो। निकै तनावपूर्ण बनेको खेलमा मेट्जलाई पराजित गर्न पिएसजीले अन्तिम सम्म लड्न पर्यो।
खेलको पाँचौ मिनेटमा अचरफ हाकिमीको गोलबाट पिएसजीले अग्रता लिएको थियो। ३९औं मिनेटमा किकि कोउएटले गोल गरेसँगै पिएसजीको अग्रता तोडिन पुग्यो। त्यसपछि इन्ज्युरी समय अगाडी कुनै पनि टोलीले गोल गर्न सकेनन्। त्यसक्रममा नेयमार र किलियन एम्बाप्पेले विभिन्न प्रयास गरेपनि बललाई गोल पोस्टको बाटो देखाउन सकेनन्।
इन्ज्युरी समय शुरु भएसँगै खेल थप तनावपूर्ण बन्न पुग्यो। इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा डेलान ब्रुन दोहोरो पहेँलो कार्ड पाए। दोस्रो कार्ड पाएसँगै उनी मैदानबाट बाहिरिए। त्यति मात्र होइन इन्ज्युरी समय दोस्रो मिनेटमा फ्रेडेरिक एन्टोनेटी सिधै रातो कार्ड पाए।
इन्ज्युरी समय शुरु भएपछि शुरु भएको तनाव खेलको अन्त्य सम्म पनि जारी रह्यो। इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा अचरफ हाकिमीले नेयमारको पासमा गोल गरेपछि एम्बाप्पेका कारण केहि तनाव भयो।
हाकिमीले गोल गरेपछि एम्बाप्पेले मेट्जका गोलकिपर अलेक्जान्ड्रे ओकिड्जा नजिक गएर गिजाए। एम्बाप्पेको उक्त रवाफले अलेक्जान्ड्रेलाई क्रोधित बनायो। उनी एम्बाप्पेलाई थर्काउन एम्बाप्पे भएतर्फ गए। एम्बाप्पेलाई थर्काउन आएका उनलाई नेयमारले धकेले। फलस्वरूप उनी जमिनमा बजारिन पुगे। नेयमार र अलेक्जान्ड्रेलाई अन्य खेलाडीहरुले छुट्याए।
Une séquence de 20 secondes mémorable. #Mbappé qui vient chambrer, le gardien messin qui joue les durs et qui tombe au premier courant d’air… Et pour finir l’apparition d’un mec torse nu tombé du ciel 😂#PSG #FCMPSG pic.twitter.com/inoh7FEv7L
— Nikop17 (@nikop17) September 22, 2021