काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गिदीमा गोबर भरिएको भनेर टिप्पणी गरेका छन्।
पछिल्लो अमय केपी ओली माथि आक्रामक रुपमा प्रस्तुत हुँदै आएका प्रचण्डले काभ्रेको पाँचखालमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा ओलीको गिदीमा गोबर भरिएको टिप्पणी गरेका हुन्।
योङ कम्युनिष्ट लिग नेपालको दोस्रो पाँचखाल नगर सम्मेलनलाई सम्बोधन गर्दिया बिहिबार केपीले महान् नेता बन्ने अवसर पाएपनि अवसरको सदुपयोग गर्न नसकेको बताए। आफूले केपीजस्तो बुद्धि नभएको नेता नदेखेको प्रचण्डको भनाई छ।
“मैले केपीजस्तो बुद्धि नभएको नेता अर्को देखेको छैन। दुई पार्टी एक भएपछि उनलाई नेपालको महान् नेता बन्ने अवसर थियो। तर गिदीमा गोबर भरिएपछि के गर्ने ?”,प्रचण्डले भने। नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएपछि पाएको अवसर ओलीले गुमाएको प्रचण्डले बताए।
त्यस्तै प्रचण्डले ओलीलाई दम्भी, अहंकारी नेताको संज्ञा पनि दिएका छन्। प्रचण्डले ओली केपी व्यक्ति नभएर दम्भी, अहंकारी, सामन्ती हिन्दुवादी प्रवृत्ति भएको बताए। बालुवाटारमा रहेका ओलीलाई बालकोट सम्म पुर्याउनु नै आफूहरु जीत भएको प्रचण्डको बुझाई छ। ओलीले प्रचण्डले भगौडा र हरुवा भने।
प्रचण्डले भने,”नेकपा हुँदा केपीको प्रवृत्ति उजागर गरेर उनलाई पार्टी साधारण सदस्यबाट निकाल्यौं। छि पनि उनलाई बालुवाटारबाट बालकोट पुर्यायौं। हामी विजेता हौं। केपी हरूवा हो, भगौडा हो।”