एजेन्सी – फ्रेन्च लिग वान क्लब मेट्जका प्रशिक्षक फ्रेडेरिक एन्टोनेट्टीले पेरिस सेन्ट जर्मेन(पिएसजी)का युवा स्टार फरवार्ड किलियन एम्बाप्पेलाई व्यवहार सुधार्न सुधव दिएका छन्।
बुधबार राति पिएसजी र मेट्ज बीचको खेल सकिएपछि पत्रकारहरुसंग कुराकानी गर्नेक्रममा फ्रेडेरिकले एम्बाप्पेलाई आफ्नो व्यवहारक सुधार ल्याउन र विनम्र बन्न सुझाव दिएका हुन्।
बुधबार राति इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा अचरफ हाकिमीले नेयमारको पासमा गोल गरेपछि एम्बाप्पेका कारण केहि तनाव भएको थियो। हाकिमीले गोल गरेपछि एम्बाप्पेले मेट्जका गोलकिपर अलेक्जान्ड्रे ओकिड्जा नजिक गएर गिजाएका थिए। एम्बाप्पेको उक्त रवाफपछि अलेक्जान्ड्रेलाई क्रोधित बन्न पुगेका थिए।
उक्त घटना बारे टिप्पणी गर्दै फ्रेडेरिकले आफू एम्बाप्पेलाई मन पराउने भएपनि उनी थप विनम्र र जिम्मेवार बन्न आवश्यक रहेको बताए। सबैको प्रिय बन्न एम्बाप्पेले आफ्नो व्यवहारको सुधार ल्याउनुपर्ने फ्रेडेरिकको सुझाव छ।
“म एमबाप्पेलाई मन पराउँछु। तर एम्बाप्पेले माया र प्रेम चाहन्छन् भने त्यस्तो व्यवहार गर्नु हुँदैन। “,एम्बाप्पेको व्यवहार माथि टिप्पणी गर्दै फ्रेडेरिकले भने,”विनम्र भए मात्रै उनले माया पाउँछन्।
उच्च लयमा एम्बाप्पे
गएको सिजन मैदानमा केहि कम्जोर देखिएका एम्बप्पे नयाँ सिजन शुरु भएपछि उच्च लयमा देखिएका छन्। बुधबार रातिको खेलमा गोल गर्न नसकेको भएपनि पछिल्ला खेलहरुमा एम्बाप्पे निर्णायक बनेका थिए। नयाँ सिजन शुरु भएपछि एम्बाप्पेले ४ गोल गर्दै ३ असिस्ट दिसकेका छन्।