क्रिस्टियानो रोनाल्डोका छोराले लियोनल मेस्सीलाई पहिलो पटक देख्दा उनलाई त्यो मानिस वास्तव मै मेस्सी हुन् जस्तो लागेको थिएन किनकि उनले मेस्सी त्यति होचो होलान् भनेर सोचेका थिएनन्। पछिल्लो १५ वर्ष भन्दा बढी समय देखि आफ्ना बुबा क्रिस्टियानो रोनाल्डोका प्रमुख प्रतिद्वन्दी रहे पनि रोनाल्डो जुनियर अर्जेन्टिनी दिग्गजका ठूला प्रशंसक हुन्।
उनले मेस्सीलाई आफ्नो “आइडल” समेत मान्ने गरेका छन् र रोनाल्डोले आफ्नो लामो समयको प्रतिद्वन्द्वीलाई २०१५ मा भेट हुँदा आफ्ना छोराले हेरक समय मेस्सी कै कुरा गर्ने समेत खुलाएका थिए। उक्त भेटमा मेस्सीले निकै राम्रोसँग क्रिस्टियानो रोनाल्डो जुनियरलाई भेटे। त्यसको दुई वर्षपछि जब रोनाल्डोले मेस्सीलाई हराएर पाँचौ पटक ब्यालुन डी ओर विजेता बने, उनले फेरि आफ्नो छोरालाई ब्यालुन डी ओर गालामा ल्याएका थिए।
यसपटक रोनाल्डोका जेठो सन्तान अविश्वासमा थिए कि उनी मेस्सीको अगाडी छन्। किनकि उनले मेस्सीलाई निकै होचा पाए। रोनाल्डोकी आमा डोलोरेस एभेइरोले खुलसा गरिन् कि आफ्नो नातीले एक पटक त उक्त मानिस मेस्सी नै हैन समेत भनेका थिए। मार्काका अनुसार एक अन्तर्वार्तामा एभेइरोले भनिन्,”म रोनाल्डो जुनियरसँग थिएँ र मेस्सीलाई देखाउँदै भनें ‘हेर! मेस्सी’, जसपछि उनले भने ‘हैन त्यो मेस्सी, यो मानिस त निकै पुड्का छन्।'”
जसपछि केहि समयपछि मेस्सीले आफ्ना नातीसँग राम्रोसँग भेट गरेको सम्झँदै उनले मेस्सी निकै असल मानिस रहेको समेत बताइन्। आफ्नो नाती अहिले नै मेस्सी भन्दा अग्लो रहेको भन्दै उनले मजाक समेत गरिन्।