एजेन्सी – ज्योतिष विज्ञानका अनुसार बुध बुद्धि, तर्क, संवाद, गणित, चतुरता र मित्रताको कारक ग्रह हो। सूर्य र शुक्र, बुधका मित्र ग्रह हुन् भने चन्द्र र मंगल यसका शत्रु ग्रह हुन्।
मिथुन र कन्या राशिको स्वामी रहेको बुधले यहि असोज ६ गते राशि परिवर्तन गरिसकेको छ। असोज ६ गते बुधबार आश्विन कृष्णपक्ष द्वितीयाका दिन बुध आग्रह कन्या राशिबाट तुला राशिमा प्रवेश गर्नेछ। बुधले राशि परिवर्तन गर्दा सम्पूर्ण राशिलाई प्रभाव पर्नेछ। ज्योतिषीहरुका अनुसार बुधको राशि परिवर्तनले सबै भन्दा बढी निम्न राशि हुनेहरुलाई लाभ पुर्याउनेछ।
मेष राशि
सप्तम भावमा हुने बुधको राशि परिवर्तन मेष राशि हुनेहरुका लागि वरदान भन्दा कम हुनेछैन। बुधको शुभ प्रभाव दाम्पत्य तथा प्रेम जीवनमा पर्नेछ। प्रेम सम्बन्धमा प्रगाढता बढ्नेछ। पहिला देखिका असहमति हटेर जानेछन्। नयाँ व्यवसायको लागि बुधको राशि परिवर्तन शुभ सावित हुनेछ। नयाँ साझेदारी कायम हुन सक्छन्। सरकारी कार्यबाट उल्लेख्य लाभ मिल्ने देखिन्छ भने राजनीति गर्नेहरुका लागि पनि बुधको राशि परिवर्तन धेरै शुभ सावित हुनेछ।
मिथुन राशि
बुधको राशि परिवर्तन मिथुन राशि हुनेहरुका लागि धेरै नै शुभ सावित हुनेछ। छर-छिमेकीसँग विगत देखि रहेका विवादमा सहमति हुनेछ। घर-जग्गा सम्बन्धि कारोबारले लाभ दिलाउनेछ। शत्रु पनि मित्रमा परिणत हुनेछन्। कठिन भन्दा कठिन कार्यमा पनि सहजै सफलता मिल्नेछ। प्रतिष्पर्धा तथा निर्वाचनमा पनि सफलता मिल्ने देखिन्छ। विद्यार्थीहरुका लागि पनि बुधको राशि परिवर्तन धेरै शुभ सावित हुन सक्ला। यात्राको अवसर पनि जुर्न सक्नेछ।
कन्या राशी
बुधको राशि परिवर्तनले कन्या राशि हुनेहरुको आर्थिक स्थितिमा सुधार ल्याउनेछ। धेरै समय देखि अड्किएका कार्य सफल हुनेछन् भने अड्किएको धन फिर्ता हुनेछ। घर-परिवारबाट आफूले चाहेजस्तै सहयोग प्राप्त हुनेछ। कृषि कर्ममा हुनेहरुका लागि बुधको राशि परिवर्तन अझ बढी लाभदायक हुन सक्ला। वाणी कौशलताका कारण कठिन कार्य पनि सम्पन्न हुनेछन्। महिला वर्गका लागि पनि बुधको राशि परिवर्तन धेरै शुभ रहने देखिन्छ। गर-गहना जोड्ने मौका मिल्न सक्ला।
तुला राशि
बुधको राशि परिवर्तन तुला राशि हुनेहरुलाई सोचेभन्दा धेरै लाभप्रद रहने देखिन्छ। व्यवसायमा राम्रो सफलता मिल्नेछ भने व्यवसाय विस्तार गर्ने योजना पनि सफल भएर जानेछ। सम्पूर्ण रणनीति सफल हुँदा छुट्टै छाप छाड्न सफल भइनेछ। यात्राले आर्थिक लाभ गराउन सक्ने देखिन्छ। कानुनी रुपमा पनि बुधको राशि परिवर्तन शुभ रहनेछ। स्वास्थ्यमा पनि बुधको सकारात्मक प्रभाव रहनेछ। प्रिय व्यक्तिबाट उपहार प्राप्त हुन सक्ला।
मकर राशि
दशम कर्मभावमा हुने बुधको गोचरले मकर राशि हुनेहरुलाई अनेक प्रकारका लाभ दिलाउनेछ। पहिला अड्किएका कार्य सुचारु हुँदा तनाव कम हुनेछ। हरेक कार्यमा परिवारको सहयोग मिल्नेछ। ऊर्जाशक्ति बढ्दा कठिन कार्य पनि सम्पन्न हुनेछन्। सामाजिक पद प्रतिष्ठा बढ्नेछ भने मान-सम्मानको हकदार पनि भइएला। राजनीतिज्ञहरु संग घनिष्ठता बढ्नेछ। विद्यार्थी तथा विद्यार्थीहरुका लागि समेत बुधको राशि परिवर्तन धेरै शुभ सावित हुनेछ।
कुम्भ राशि
बुधको राशि परिवर्तनसँगै धर्म र आध्यात्मिकता प्रति चासो तथा रुची बढेर जानेछ। धार्मिक यात्राको योग देखिन्छ। धार्मिक यात्राका कारण सम्पूर्ण तनाव दूर हुनेछन्। बुधको राशि परिवर्तनले नयाँ लगानीको अवसर पनि दिलाउन सक्छ। भविष्यमा निकै ठूलो प्रभाव पार्न सकने कार्यको थालनी हुन सक्ला। विदेशी परियोजना हातलागी हुने समेत देखिन्छ। साहसिक निर्णयका लागि सम्मान मिल्न सक्ला। कठिन परिस्थितिमा पनि सहजै विजय दिलाउन बुधको भूमिका रहनेछ।