पछिल्लो समय बोरुसिया डर्टमण्ड स्टार एर्लिंग हालाण्डको भविष्य युरोपियन फुटबलमा ठूलो बहसको विषय बनेको छ। हाल हरेक फुटबल समर्थकको मुखमा रहेको छ बोरुसिया डर्टमण्डको नाम र उनको अर्को गन्तब्यको बारेमा अनुमान लागिरहेका छन्।
नर्वेजियनले आउँदो समरमा जर्मन क्लब छोड्ने अपेक्षा गरिएको छ। डर्टमण्डसँग रहेको अनुबन्ध अनुसार पूर्व साल्सबर्ग स्टारको रिलिज क्लब सक्रिय हुनेछ। जसपछि उनको सम्झौतामा राखिएको रिलिज क्लज अनुसार फी तिर्न कुनै क्लले सक्यो भने हालाण्डले डर्टमण्ड छाड्न सक्छन्।
जर्मन क्लबका सीइओ न्स-जोआचिम वाटजकेले क्लबले आफ्नो सबैभन्दा उत्कृष्ट खेलाडी राख्न सक्दो प्रयास गरेपनि अन्य ठूला क्लबले हालाण्ड माथि चासो देखाएको कारण उनी डर्टमण्डमा बस्ने सम्भावना निकै कम रहेको छ। “पक्कै पनि यो गाह्रो हुनेछ, तर हामी हाम्रा सबैभन्दा राम्रो खेलाडीहरु राख्नको लागि सबै गर्नेछौं,” उनले भने।
यसैबीच रियल म्याड्रिडका पूर्व खेलाडी स्टीव म्याकमानमानले हालान्डको भविष्यको बारेमा पनि आफ्नो भनाई राखेका छन्। यसै क्रममा उनले २१ वर्षीय स्टारको अर्को गन्तब्य रियल म्याड्रिड हुने आशा राखेका छन्। “लिभरपुलले हालाण्डलाई अनुबन्ध गर्ने प्रयास गर्नेछ? मलाई लाग्दैन,” उनले भने,”म साँच्चै सोच्छु कि उनी रियल म्याड्रिड जानेछन् र उनलाई व्यक्तिगत रूपमा क्लबको विचार, जीवनशैली मनपर्छ।”
हालाण्डलाई अनुबन्ध गर्न ठूलो रकमका साथै ठूलो पारिश्रमिकको आवश्यक हुने कारणले अन्य क्लबले उनलाई भित्र्याउन नसक्ने पनि उनले दाबी गरेका छन्।