काठमाडौँ – पछिल्लो २४ घण्टामा थप १ हजार ४७६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा पीसीआर मार्फत कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ७ लाख ८९ हजार ८७२ पुगेको छ भने एन्टिजेन विधिबाट ९० हजार २८० जनामा संक्रमण पुष्टि भएको छ।
थप १० हजार ५७५ जनाको पिसिआर परीक्षण तथा ५ हजार ११५ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएकामा पिसिआर विधिबाट एक हजार १०३ तथा एन्टिजेनबाट ३७३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
हालसम्म पिसीआर परीक्षण गराउनेको सङ्ख्या ४१ लाख ४६ हजार ७८३ जना पुगेको छ । हालसम्म ७ लाख ५८ हजार ५०४ जना कोरोना भाइरसबाट मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर १ हजार ५५० सङ्क्रमित निको भएर घर फर्किएका छन् । निको हुने दर ९५ दशमलप ०३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको सङ्ख्या २० हजार २८७ रहेको छ।
त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर जनाको कोरोना संक्रमणको कारण ९ जनाको ज्यान गएको पुष्टि भएको छ। योसँगै हालसम्म कोरोना संक्रमणका कारण ज्यान जानेको सङ्ख्या ११ हजार ०८१ पुगेको छ।