नायिका श्वेतासंग यति धेरै पैसा ऋण लिएर फिर्ता नगरेपछि गुरुङ पक्राउ!

काठमाडौँ, नायिका श्वेता खड्कासंग ऋण लिने व्यक्ति पक्राउ परेका छन्  । नायिका खड्कासंग ८६ लाख रुपैयाँ ऋण लिएर फिर्ता नगरेपछि प्रहरीले व्यवसायी काजी गुरुङलाई पक्राउ गरेको छ  ।

जग्गाको कारोबार गर्ने गुरुङले ऋण लिएको पैसा फिर्ता  गर्ने नाममा बैंकमा पैसा नै नभएको चेक दिएका थिए। त्यसपछि श्वेताले उनीमाथि केही दिन अघि चेक बाउन्सको मुद्दा हालेकी थिइन् ।

प्रहरीले हाल गुरुङलाई नियन्त्रणमा लिएर उनमाथि अनुसन्धान गरिरहेको छ।

प्रकाशित : शुक्रबार, असोज ०८, २०७८१८:११

शंखमुल बसेर यी दुई गर्थे मोबाइल बेच्ने काम, यस्तो सुइँको पाएपछि पक्राउ परे !