कम पेनाल्टी पाउन थालेपछि आत्तिए सोल्सजार, यी प्रशिक्षक माथि थोपरे दोष !

एजेन्सी – म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गुन्नार सोल्सजारले कम पेनाल्टी पाउनुको दोष लिभरपुलक प्रशिक्षक योर्गेन क्लोप माथि थोपरेका छन्। एस्टन भिल्ला विरुद्ध खेल्नु अगाडी आयोजित पत्रकार सम्मेलनका क्रममा सोल्सजारले पछिलो समय युनाइटेडले पाउनुपर्ने पेनाल्टी पनि पाउन छाडेको भन्दै त्यस्तो दोष क्लोप माथि थोपरेका हुन्।

क्लोपको नाम नलिएपनि सोल्सजारले गत सिजन आफूहरुले पेनाल्टी माथि एक प्रशिक्षक प्रश्न उठाएको सोल्सजारले स्मरण गरे। गएको सिजन युनाइटेडले अत्याधिक पेनाल्टी पाएको थियो। जस बारे लिभरपुलक प्रशिक्षक योर्गेन क्लोपले प्रश्न उठाएका थिए। क्लोपले प्रश्न उठाएपनि पाउनुपर्ने पेनाल्टी पनि आफूहरुले पाउन छाडेको सोल्सजारको भनाई छ।

“गत वर्ष एक प्रशिक्षक थिए, जसलाई हामीले पेनाल्टी पाएको देखेर डराएका थिए। उनले चिन्ता व्यक्ति गरेदेखि पेनाल्टीको डिसिजन कम आउन थालेको छ। “,सोल्सजारले भने।

क्लोपको उक्त भनाई पछि पेनाल्टी दिने मामलामा रेफ्रिहरुले फरक निर्णय गर्न थालेको उनको आरोप छ। सोल्सजारले रेफ्रिहरुले ठिक निर्णय गर्ने विश्वास पनि व्यक्त गरे।

आफूले पाउनुपर्ने पेनाल्टीहरु समेत नदिने गरिएको प्रति सोल्सजारले आपत्ति जनाए। गएको दुई खेलमा मात्रै आफूहरुले पाउनुपर्ने तीन पेनाल्टी नपाएको उनको गुनासो छ। सोल्सजारले भने,”हामीलाई पाउन योग्य पेनाल्टीको मात्र आशा छ। गएको दुई खेलमा हामीले तीन पेनाल्टी पाउनुपर्ने थियो।”

क्लोपले के भनेका थिए ?

गएको सिजन क्लोपले आफूले पाँच वर्षमा पाएको पेनाल्टी भन्दा बढी युनाइटेडले दुई वर्षमा पाएको टिप्पणी गरेका थिए। उनले भनेका थिए,”मैले सुने अनुसार म्यानचेस्टर युनाइटेडले दुई वर्षमा मैले पाँच वर्षमा पाएको भन्दा बढी पेनाल्टी पाएका छन्।”

सार्वजनिक एक तथ्यांकका अनुसार सन् २०१८ मा सोल्सजार प्रशिक्षकमा नियुक्त भएयता युनाइटेडले ४९ पेनाल्टी पाइसकेको छ भने लिभरपुलले त्यसयता २२ पेनाल्टी पाएको छ।

प्रकाशित : शनिबार, असोज ०९, २०७८११:२४

कम पेनाल्टी पाउन थालेपछि आत्तिए सोल्सजार, यी प्रशिक्षक माथि थोपरे दोष !