रियललाई झड्का, एम्बाप्पे ट्रान्सफरमा सिटीको इन्ट्री !

एजेन्सी – फ्रेन्च उवा स्टार किलियान एम्बाप्पेको ट्रान्सफर गएको केहि वर्ष देखि लगातार चर्चामा छ। पेरिस सेन्ट जर्मन(पिएसजी)सँग सन् २०२२ सम्मका लागि मात्रै सम्झौता रहेका उनले पिएसजीमा सम्झौता थप गर्ने कम मात्र सम्भावना छ। पिएसजीको सम्झौता सकिएपछि उनी कता जालान् भन्ने कुरामा सबैको चासो छ।

गएको ट्रान्सफर विन्डोमा स्पेनिस महारथी रियल म्याड्रिडले एम्बाप्पेलाई भित्र्याउन सकेको सबै गरेको थियो। त्यसक्रममा रियलले पिएसजीलाई सय मिलियन युरोको प्रस्ताव परेको थियो। उक्त प्रस्तावलाई पिएसजीले ठाडै अस्विकार गरेको थियो। रियलको प्रस्ताव अस्विकार गरेसँगै पिएसजी एम्बाप्पेलाई क्लबमै अड्याउन प्रयासरत रहेको प्रष्ट भयो।

यसै बीच एम्बाप्पेलाई प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीको पनि मूख्य टार्गेट हुने भएका छन्। एम्बाप्पे माथि म्यानचेस्टर युनाइटेड, लिभरपुल जस्ता क्लबको नजर रहेको अवस्थामा एम्बाप्पे भित्र्याउने होडमा सिटी पनि मिसिने भएको हो।

विभिन्न संचार माध्यमहरुका अनुसार सिटीले एम्बाप्पेलाई जसरी पनि भित्र्याउने रणनीति बनाएको छ। टोटेनहामका स्ट्राइकर ह्यारी केनकी भित्र्याउन असम्भव भएपछि सिटीको ध्यान एम्बाप्पे तर्फ मोडिएको ट्रान्सफर मार्केटका जानकारहरु बताउँछन्।

सिटीका मालिक शेख मंसूरले एम्बाप्पेलाई जसरी पनि भित्र्याउन आदेश दिएको खबर छ। बताइएअनुसार उनले एम्बाप्पे भित्र्याउने होडमा रियल म्याड्रिडलाई पछि पार्ने गरी अहिले देखि नै तयारीमा जुट्न निर्देशन दिएका छन्।

एम्बाप्पे भित्र्याउने होडमा सिटी पनि मिसिन आएसँगै रियल म्याड्रिडको समस्या बढ्ने भएको छ। हुन त एम्बाप्प्पे आफैं भने रियल जान चाहेको बताइन्छ। तर एम्बाप्पे भित्र्याउन रियललाई त्यति सहज हुने छैन। आर्थिक रुपमा धेरै सवल पिएसजी र सिटीलाई पछि पार्दै एम्बाप्पे भित्र्याउन रियललाई ढुंगा चपाए बराबर हुनेछ।

प्रकाशित : शनिबार, असोज ०९, २०७८१२:४९

फर्नान्डेस पेनाल्टीमा चुक्दा रोनाल्डोको पनि चलेन जादू, युनाइटेड पराजित !