वरिष्ठ नेता भरतमोहनकी छोरी लिमा माधव नेपालको पार्टीमा!

पूर्वअर्थमन्त्री तथा वरिष्ठ वामपन्थी नेता  स्व. भरतमोहन अधिकारीकी छोरी  लिमा अधिकारीले  माधव नेपालको पार्टीबाट  राजनीति गर्ने भएकी छिन्। लिमा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) बाट सक्रिय राजनीतिमा आउने भएकी हुन्।

नेपाल चेम्बर अफ कमर्स अन्तर्गत महिला चेम्बरको महासचिव समेत रहेकी लिमा यसअघि भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानमार्फत सामाजिक सेवामा समेत सक्रिय थिइन् ।  लिमा भरतमोहनकी माईली छोरी हुन  भने पूर्वप्रधानमन्त्री मनमाहेन अधिकारी उनको ठुलो बुबा हुन् ।

उनको व्यापारिक घरानाभित्र विवाह भैसकेको छ  । उनको श्रीमान सुदिप आचार्य  टेलिभिजन सेवा प्रदायक कम्पनी डिशहोम नेटवर्कका प्रबन्ध निर्देशक हुन्।

लिमाले राजनीतिमा आफुहरुजस्ता युवाहरुको खाँचो रहेको र अब आगामी दिनमा आफुले मुलुकको आर्थिक विकास र समृद्धिका लागि काम गर्ने बताएकी छिन्।

प्रकाशित : शनिबार, असोज ०९, २०७८१२:५५

पहिला गोदाम बैंकले भाडामा लिएको भन्थे, प्रहरीले छापा मार्दा घण्टी टल्काउने काम पो भैरहेको रहेछ !