काठमाडौँ, जिल्ला प्रहरी कार्यालय कन्चनपुरका प्रहरी टोलीले शनिबार ६ क्विन्टल ६१ किलो मन्दिरका पुराना घण्टी सहित दुई जनालाई पक्राउ गरेको छ ।
नाम लेखेर मन्दिरमा चढाएका घण्टी महेन्द्रनगर बजारस्थित गल्ली नं १ मा रहेको ठकुराठी ब्रदर्शको गोदामबाट बरामद गरिएको हो।
प्रतिष्ठित व्यापारी पदम ठकुराठीको गोदामबाट उक्त परिणामको घण्टीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भीमदत्त नगरपालिकाका ५८ वर्षीय पदक कोली र बैतडीका ३८ बर्षीय धनिराम टमटा रहेका छन्।
गोदाममा प्रहरीले छापा मार्न लाग्दा सञ्चालकले गोदाम घर बैंकले भाडामा लिएको भन्दै खोल्न आनाकानी गरेका थिए। प्रहरीले घण्टी टल्काउन प्रयोग गरिने उपकरण नियन्त्रणमा लिएको छ ।