१० मिनेटमा डेढ लिटर कोल्ड ड्रिंक्स पिउँदा चीनमा २२ वर्षीय एक युवकको मृत्यु भएको छ। डाक्टरको अनुसार उनले लगातार कोल्ड ड्रिंक्स पिउदा पेटमा ग्यास बनेर मृत्यु भएको खुलेको छ। ति युवकबारे अधिकारिक खुलासा भने भएको छैन ।
घटना भएको ६ घन्टापछि उनलाई बेइजिङ्गको हस्पिटल लगिएको थियो। अस्पताल भर्ना भएपछि उनको पेट फुलेको थियो। ति युवकको अनुसार उनले गर्मीबाट बच्नको लागि कोल्ड ड्रिंक्स पिएका थिए। डाक्टरको अनुसार एकैपटक कोल्ड ड्रिंक्स पिएको कारण आन्द्रामा ग्यास भरिएर यस्तो भएको हो।
मेडिकल रिपोर्ट अनुसार ति युवकलाई कुनै पनि स्वास्थ्य समस्या थिएन तर उनको मुटुको धड्कन भने बढिरहेको थियो। ब्लड प्रेसर लो थियो र उनले छिटो-छिटो सास लिईरहेका थिए। सीटी स्क्यानमा निमेटोसिसको पुष्टि भएको थियो। यसबाहेक ‘शक लिवर’ को कुरा पनि बाहिरिएको थियो। यो लिवरमा अक्सीजनको कमी भएपछि हुन्छ। यस केस स्टडीमा काम गर्ने स्रोतको अनुसार युवकलाई हस्पिटल ल्याएपछि डाइजेस्टिव सिस्टमबाट ग्याँस निकाल्न कोसिस गरिएको थियो।
लिवरमा भएको ड्यामेजलाई कन्ट्रोल गर्न उसलाई औषधी पनि दिईएको थियो। करिब १२ घन्टापछि ब्लड टेस्टमा उनको कलेजो पुरै ड्यामेज भएको खुलेको थियो। उपचार गरिएको १८ घन्टापछि युवकलाई मृत घोषित गरिएको थियो।
यूनिभर्सिटी कलेज लन्डनको बायोकेमिस्ट प्रो. नाथन डेविस अनुसार यस मामिलाको बारेमा जानकारी आउन बाँकी छ। तर योब्याक्टेरियाको कारण पनि हुन सक्ने संभावना रहेको बताएका छन्। प्रोफेसर डेविस भन्छन् ,”कोल्ड ड्रिंक पिउनुको असर लामो समयपछि देखिन्छ। यो दाँतको लागि ठीक हुदैन किनकी बिस्तारै यसले हड्डिबाट मिनिरल्सको मात्रा घटाउँछ।