एजेन्सी – म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गुन्नार सोल्सजारले क्रिस्टियानो रोनाल्डोको तिब्र चाहनाले उनलाई केहि वर्ष अझै फुटबलमै अड्काउने बताएका छन्। पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिने क्रममा ओलेले रोनाल्डो आउने केहि वर्ष अझै फुटबल खेल्ने बताएका हुन्।
ओलेले रोनाल्डो ४० वर्षको उमेर सम्म फुटबल खेल्ने बताए। रोनाल्डोले ४० वर्षको उमेर सम्म फुटबल खेले आफू अचम्मित नहुने ओलेले बताए। यदि यी सबै भएमा रोनाल्डोको कडा मिहेनेतलाई देन जाने ओलेको भनाई छ।
“रोनाल्डोले छिट्टै फुटबल छाड्ने म देखिन। जसरी उनी आफ्नो हेरचाह गर्छन् त्यसले उनलाई अझै केहि वर्ष फुटबलमा टिकाउँछ।”,ओलेले भने,”उनले ४० वर्षको उमेर सम्म खेले भने म अचम्म मान्ने छैन।”
रोनाल्डोको डीएनएमा केहि रहेको पनि ओलेले बताए। रोनाल्डोको जिन र डीएनएमै केहि त्यस्तो तत्व छ र त्यसले रोनाल्डोलाई उत्कृष्ट फुटबल खेल्न प्रेरित गर्छ भन्ने ओलेलाई लाग्छ। रोनाल्डोले हालको अवस्था सम्म आइपुग्न धेरै मिहिनेत गरेको ओलेले बताए। जसरी रोनाल्डोले आफ्नो शरीरलाई फिट राखेका छन्, त्यसलाई सबैले सम्मान गर्नुपर्ने ओलीको भनाई छ।
फुटबलमा धेरै कुरा हाँसिल गरिसकेपनि रोनाल्डोमा अझै भोक रहेको रहेको ओले बताउँछन्। उनले भने,”रोनाल्डोले यो ठाउँ सम्म आइपुग्न भएभरको शक्ति लगाएका छन्। उनको शारीरिक अवस्था प्रशंसा योग्य छ। सबै भन्दा प्रभावशाली कुरा के हो भने रोनाल्डोको भोक अझै मरेको छैन।”