आज साताको पहिलो दिन, यस्तो छ सुन चाँदीको भाउ!

काठमाडौँ – कारोबार हुने हप्ताको पहिलो दिन सुनको मूल्य स्थिर रहेको छ । शुक्रबार घटेको सुनको मुल्य आज स्थिर रहेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा  ८९ हजार रुपैयाँ कायम भएको छ।

त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य  स्थिर रहेको छ। यससँगै नेपाली बजारमा तेजाबी सुनको मूल्य ८८ हजार ५ सय ५० रुपैयाँ कायम भएको छ।

यस अगाडी छापावाला सुनको मूल्य आइतबार ८९ हजार १ सय, सोमबार ८८ हजार ९ सय, मंगलबार ८९ हजार २ सय, बुधबार ९० हजार १ सय र बिहिबार ८९ हजार ६ सय र शुक्रबार  ८९ हजार रुपैंयाँमा कारोबार भएको थियो। त्यस्तै तेजाबी सुन भने आइतबार ८८ हजार ६ सय ५०, सोमबार ८८ हजार ४ सय ५०, मंगलबार ८८ हजार ७ सय ५०, बुधबार ८९ हजार ६ सय ५० र बिहिबार ८९ हजार १ सय ५० र शुक्रबार  ८८ हजार ५ सय ५०  रुपैंयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य

आज सुनको मूल्य भने घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा रु १०  ले घटेर  ११ सय ५०  रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित : आइतबार, असोज १०, २०७८१३:१८

नेप्सेमा पहिरो, एक मात्र कम्पनीको शेयरमा लाग्यो सकारात्मक सर्किट, कुन ?