यी बलिउड नायिकाले शेयर गरिन् स्कुलमा हुँदाका तस्विर, धेरैले चिनेनन् !

एजेन्सी – बलिउडमा सबै भन्दा निर्धक्क बोल्ने नायिका कोहि छ भने ती कंगना रणावत हुन्। कंगना आफूलाई लागेको कुरा निर्धक्क राख्छिन्। आफ्नो कुरा राख्दा ​आलोचना भएपनि कंगना खासै मतलब गर्दिनन्। प्रायजसो आलोचना हुने गरेकी उनी केहि समय देखि भने चर्चामा छिन्।

पछिल्लो चलचित्र थलाइभीमा उनको अभिनय देखेर धेरै चकित भएका छन्। चलचित्रले खासै राम्रो व्यापार गर्न नसकेपनि कंगनाको अभिनयले भने तारिफ पाइरहेको छ।

यसै बीच सामाजिक संजालमा कंगनाले पूराना केहि तस्विरहरु सार्वजनिक गरेकी छन्। कंगनाले इन्स्टाग्राममा बचपनका केहि तस्विरहरु सार्वजनिक गरेकी हुन्। एक तस्विरमा कंगना स्कुल ड्रेसमा देखिएकी छन् भने अर्कोमा सामान्य कुर्तामा देखिएकी छन्।

 

View this post on Instagram

 

A post shared by Kangana Thalaivii (@kanganaranaut)

कंगनाका अनुसार एक तस्विर सन् १९९८ को हो। अर्को तस्विर कहिले हो भन्ने बारे भने कंगनाले केहि पनि खुलाएकी छैनन्। स्कुल ड्रेस सहितको तस्विर हिमान्चल प्रदेशको एक विद्यालयको र अर्को तस्विर पिकनिक जाँदाको रहेको पनि कंगनाले इन्स्टाग्राममा खुलाएकी छन्।

 

View this post on Instagram

 

A post shared by Kangana Thalaivii (@kanganaranaut)

प्रकाशित : आइतबार, असोज १०, २०७८१४:४६

एयरहोस्टेससंग थियो संजयको चक्कर, विवाह गर्ने नाममा यस्तो शर्त राखेपछि छाडिदिएकि थिइन् !