पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको सङ्ख्या हजार भन्दा थोरै !

काठमाडौँ –  पछिल्लो २४ घण्टामा थप ८३४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा पीसीआर मार्फत कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ७ लाख ९१ हजार ३९२ पुगेको छ भने एन्टिजेन विधिबाट ९० हजार ५४७ जनामा संक्रमण पुष्टि भएको छ।

थप ८ हजार ५८९ जनाको पिसिआर परीक्षण तथा ५ हजार १४७ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएकामा पिसिआर विधिबाट ७३० तथा एन्टिजेनबाट १०४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

हालसम्म पिसीआर परीक्षण गराउनेको सङ्ख्या ४१ लाख ६२ हजार ४२२ जना पुगेको छ । हालसम्म ७ लाख ६१ हजार १५४ जना कोरोना भाइरसबाट मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर १ हजार २७९ सङ्क्रमित निको भएर घर फर्किएका छन् । निको हुने दर ९६ दशमलप २ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको सङ्ख्या १९ हजार १४२ रहेको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर जनाको कोरोना संक्रमणको कारण ९ जनाको ज्यान गएको पुष्टि भएको छ। योसँगै हालसम्म कोरोना संक्रमणका कारण ज्यान जानेको सङ्ख्या ११ हजार ०९६  पुगेको छ।

प्रकाशित : आइतबार, असोज १०, २०७८१६:३७

ओलीले भने – ‘संसद विघटन हिजो पनि ठिक थियो, भोलि पनि ठिक हुन्छ’