काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन संसद विघटन गरेर निर्वाचनमा जाने कुरा प्रतिगमन हुन नसक्ने बताएका छन्। आइतबारको केन्द्रीय कमिटी बैठकमा केन्द्रीय कमिटीका सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिनेक्रममा ओलीले संसद विघटन ठिक निर्णय रहेको दावी गरेका हुन्।
ओलीले संसद विघटन गरेर निर्वाचनमा जाने कुरा हिजो, आज र भोलि पनि ठिक हुने ओलीले बताए। ताजा जनादेशमा जाने कुरा राम्रो भएकै कारण आफूले संसद विघटन गरेको ओलीको भनाई छ। ओलीले आफूहरु पछार्न तानावाना बुनिएको पनि बताए।
“ताजा जनादेशमा जाने कुरा राम्रो हो, राम्रो भएकैले संसद विघटन गरिएको हो तर पार्टी अध्यक्ष र प्रधानमन्त्रीलाई पछार्नका लागि जुन तानावाना बुनियो।”,ओलीले भने,”ताजा जनादेशमा जाने कुरा हिजो पनि ठिक थियो, आज पनि ठिक छ र भोलि पनि ठिक हो।”
केन्द्रीय कमिटी बैठकमा एक नेताले पटक–पटक संसद विघटन गर्नेलाई कारवाही हुनुपर्छ कि पर्दैन भनेर प्रश्न उठाए। पार्टी कमिटीमा छलफल नै नगरी पटक–पटक संसद विघटन गर्ने कार्य किन गर्यो भन्ने केहि नेताहरुको प्रश्न थियो।
त्यति ओली पक्षका नेताहरुले भने केपी ओली नेतृत्वको सरकार हटाउन भुमिका खेल्ने नेताहरुलाई कारवाही गर्नुपर्ने बताए। अन्य पार्टीका नेतालाई प्रधानमन्त्री बनाउन सहयोग गर्नुपर्ने ओली पक्षका नेताहरुको भनाई थियो ।