काठमाडौं : विराटनगरका लागि उडेको बुद्ध एयरको जाहाज ल्यान्ड हुन नसकेपछि पुनः काठमाडौं फर्किएको छ। बिहान ८ बजेर ३० मिनेटमा उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि काठमाण्डौ फर्किएको हो।
ल्यान्डीङ गियर सम्बन्धि समस्या देखिएपछि जहाज पुन: काठमाडौँ फर्किनु परेको बताइएको छ। हाल जहाज काठमाडौंको आकाश मै घुमिरहेको छ। जसपछि अहिले विमानस्थलमा कुनै उडान नभरिएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ। जहाजलाई प्राथमिकतामा राखेर प्रक्रिया पूरा गरी अवतरण गराउने प्रयास जारी रहेको पनि विमानस्थल कार्यालयले जानकारी गराएको छ।