फेरी अरबौ बराबरको यस कम्पनिको आइपिओ खुल्दै: धेरैको हात खाली नहुने!

काठमाडौँ, मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले सर्वसाधारणका साधारण सेयर (आइपिओ) जारी गर्ने भएको छ। यही असोज २० गतेबाट कम्पनिले सर्वसाधारणका लागि आईपिओ निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको  हो।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई गत वैशाख ५ गते नै आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाका स्थानिय र सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले १ अर्ब ५० करोड रुपैयाँ बराबरको १ करोड ५० लाख कित्ता आइपिओ जारी गर्न अनुमति दिएको हो। जसमध्ये कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाको लागि पहिलो चरणमा १ करोड ५० लाख कित्ता शेयर मध्ये  ६० लाख कित्ता शेयर निष्कासन  गरेको थियो। र अहिले दोस्रो चरणमा कम्पनिले सर्वसाधारणको लागि ९० लाख कित्ता  शेयर निष्काशन गर्नेछ ।

सर्बसाधारणले  यस कम्पनीको आइपिओमा असोज २० गतेदेखि २५ गतेसम्म आवेदन दिन सक्नेछन् । मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडको  आइपिओ बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गरेको छ ।

पहिलो चरणमा १ सय अंकित ६० लाख कित्ता साधारण शेयर आयोजना प्रभावित सर्वसाधारणका लागि निष्कासन गरिएको आईपीओको बाँडफाँड आज सोमबार सम्पन्न भएको हो ।

त्यसमध्ये ३० प्रतिशत अर्थात १८ लाख कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाँउपालिका वडा नं. १ र ५, बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ मा स्थायी बसोबास गर्ने बासिन्दाका लागि छुट्याइएको थियो । त्यस्तै बाँकि ७० प्रतिशत अर्थात ४२ लाख कित्तामा सिन्धुपाल्चोक जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणहरुले पाउनेछन् ।

यस अगाडी कम्पनीले कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, संस्थापक कम्पनी तथा ऋणदाता कम्पनीका कर्मचारीहरुका लागि १ करोड ४४ लाख कित्ता आईपीओ बिक्रि गरिसकेको छ ।

प्रकाशित : सोमबार, असोज ११, २०७८१३:२३

मध्य भोटेकोशीको आईपीओ बाँडफाँट, ४०० कित्तासम्म आवेदन दिएकालाई गोलाप्रथाबाट थप १० कित्ता