फातीको आवाज मेस्सीसँग मेल खाएपछि अचम्ममा पर्यो फुटबल जगत [भिडियो साहित]

बार्सिलोनाका स्टार अन्सु फातीको आवाजले क्लब प्रशंसकहरु अचम्ममा परेका छन्। उनीहरुलाई स्पेनिस स्टारको आवाज पूर्व क्लब कप्तान लियोनल मेस्सीको जस्तै लागेको छ।

फातीले गत नोभेम्बरपछि आइतबार लेभान्ते विरुद्ध क्लबका लागि पहिलो खेल खेल। चोटका कारण लामोसमय देखि मैदान बाहिर रहेका स्टारले क्लबका लागि पुनरागमन खेल मै गोल गर्दै बार्सिलोनालाई ३-० को जीत दिलाउन महत्वपूर्ण भूमिका खेले। खेलपछि बोल्दा क्लब समर्थकका लागि अन्सु फातीको आवाज क्लब दिग्गज मेस्सीको जस्तै लाग्यो।

अन्सु र मेस्सी दुबै खेलाडी सानै उमेरमा स्पेन सरुवा भएको कारण दुबै स्टारको उच्चारण स्पेनिस नै हुनेमा कुनै शंका नै छैन। तर पनि अन्सुको मेस्सी कै जस्तो आवाज हुनु भनेको आश्चर्यजनक नै हो। केहि सामाजिक सञ्जाल प्रयोगकर्ताले त मेस्सीले बार्सिलोना छाड्ने नसकेको कारण उनी फातीको आवाजमा बसेको पनि बताएका छन्।

खेलको सातौ मिनेटमा डिपाएको पेनाल्टी गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो। १४औं मिनेटमा लुक डि जोङले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे। उनले सर्जिनो डेस्टको पासमा गोल गरेका थिए। फाती ८१औं मिनेटमा लुक डि जोङको स्थानमा मैदान छिरेका थिए। मैदान छिरेको १० मिनेट मै उनले खेलको इन्ज्युरी समयमा गोल गर्दै बार्सिलोनाको जीत पक्का गरेका थिए।

यो जितसँगै अपराजित रहेको बार्सिलोना ६ खेलबाट १२ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ । बार्सिलोना शीर्ष स्थानको रियल म्याड्रिडसँग ५ अंकले पछि छ । यद्दपि बार्सिलोनाले एक खेल कम खेलेको छ । पराजित लेभान्टे ४ अंक जोडेर १७औं स्थानमा छ ।

प्रकाशित : सोमबार, असोज ११, २०७८१४:०९

“सबै खेलाडी फिट भएपछि बार्सिलोनाले आगो बाल्छ, सबै क्लबको ब्याण्ड बजाउँछ”