“अब बचिन्न भनेर घर परिवारलाई संदेश छाडेका थियौं, बाँचेर आइयो”

काठमाडौं : सोमबार बिहान विराटनगरका लागि उडेको बुद्ध एयरको जाहाज ल्यान्ड हुन नसकेपछि पुनः काठमाडौं फर्कियो। बिहान ८ बजेर ३० मिनेटमा उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि काठमाडौँ फर्किएको जहाज त्रिभुवन विमानस्थलमा पनि सहजै अवतरण हुन सकेन।

ल्यान्डीङ गियरमा समस्या देखिएपछि करिब २ घण्टा जहाज काठमाडौँको आकाश मै घुमीरह्यो। जहाजमा भएको इन्धन सकेर विमानस्थानको धावनमार्गमा फम राखेर अवतरण गराउने भएको थियो तर अन्तत: ल्यान्डीङ गियर नै खुलेपछि सामान्य रूपमा विमान अवतरण गरियो। अवतरणपछि सकुशल रूपमा विमानबाट बाहिर निस्किएका यात्रुको आँखामा त्रासको ठूलो अंश बाँकी नै रहेको थियो।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थानमा सुरक्षाकर्मीलाई देखेपछि अब जिन्दगी यति नै रहेछ भन्ने लागेको एक यात्रुले बताए। काठमाडौँ आउँदासम्म डर नलागेपछि यहाँ पनि अवतरण हुन समस्या भएपछि मनमा चिसो पसेको उनले बताए।

कसैले त ढोका खोल्दिए हाम फाल्छौं भने। एयर होस्टेसहरुले आँखामा आँसु थाम्दै यात्रुको हौसला बाढाइरहेका थिए। काठमाडौं फर्किएपछि पनि ८/१० पटक प्रयास गर्दा पनि अवतरण गर्न असफल भएपछि विमानमा रहेका आमाका बच्चा र वृद्धा आत्तिएर रुन थालेपछि झन् गाह्रो भएको अर्का यात्रु बताउँछन्। बाँचियो भने फेरी भेटौला भनेर घरमा म्यासेज टाइप गरिसकेका थिए।

प्रकाशित : सोमबार, असोज ११, २०७८१५:३५

दक्षिण कोरियामा फेरी कोरोना भाइरसको उग्र रुप !