आज मात्रै खुलेको यस हाइड्रोपावरको आइपिओमा ७ गुणा बढी आवेदन, भर्नुभयो?

काठमाडौँ, बुद्ध भुमि नेपाल हाइड्रोपावरले आजबाट सर्वसाधारणको लागि  प्राथमिक शेयर (आइपिओ) निष्काशन तथा बिक्री खुला गरेको छ ।

यस कम्पनिले प्रति सेयर १०० मूल्यका दरले ८ करोड रुपैया बराबरको ८ लाख कित्ता शेयर बिक्रि खुला गरेको हो। जसमध्ये १६००० कित्ता (२%) कम्पनीका कर्मचारीलाई, ४० हजार कित्ता (५%) म्युचल फन्डलाई र  बाकी ७ लाख ४४ हजार कित्ता सर्वसाधारणको लागि छुट्टयाईएको छ।

कम्पनीले आजदेखि बिक्री खुला गरेको आइपिओ असोज १४  गतेसम्म जारी रहनेछ । तर आज बिक्री खुला भएको दिनमा यस कम्पनीको आइपिओमा ७.४३ गुणा बढी आवेदन परेको छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा  सिभिल क्यापिटल मार्केट लिमिटेड  रहेको छ । यस कम्पनीको आइपिओमा सिडिएससीको मेरो सेयर र आफ्नो बैंक खाता रहेको जुनसुकै शाखाबाट पनि आवेदन दिन सकिनेछ।

प्रकाशित : सोमबार, असोज ११, २०७८२०:४५

९० करोड बराबरको आइपिओ खुल्दै, कसरी आवेदन दिने त ?