पूर्व फुटबल खेलाडीले अब मेस्सीले एम्बाप्पेको सेवा गर्नुपर्छ भनेपछि …

एजेन्सी – फ्रान्स र रियल म्याड्रिडका पूर्व स्टार फुटबलर निकोलस एनेल्काले पेरिस सेन्ट जर्मेन(पिएसजी)को मुख्य खेलाडी किलियन एम्बाप्पे हुनुपर्ने बताएका छन्। एक मिडियासंग कुराकानी गर्नेक्रममा निकोलस एनेल्काले पिएसजी मुख्य खेलाडी लियोनेल मेस्सी भन्दा पनि एम्बाप्पे हुनुपर्ने बताएका हुन्।

पिएसजीमा मेस्सीले एम्बाप्पेको सहयोगीको भूमिका निभाउनुपर्ने निकोलसले बताए। एम्बाप्पेलाई सहयोग पुग्ने तरिकाले मेस्सीले खेल्नुपर्ने निकोलस एनेल्काको भनाई छ। मेस्सी बार्सिलोनाको पूर्व मुख्य खेलाडी भएपछि पिएसजीको मुख्य खेलाडी एम्बाप्पे भएको निकोलसले बताए।

“पिएसजीको आक्रमणको नेतृत्व एम्बाप्पेले गर्नुपर्छ। किनकि उनी पिएसजीको नम्बर एक खेलाडी हुन्।”,निकोलसले भने,”पहिला मेस्सी बार्सिलोनाको नम्बर एक खेलाडी भएपनि अब उनले एम्बाप्पेको सेवा गर्नुपर्ने हुन्छ।”

एम्बाप्पे गएको पाँच वर्ष देखि पिएसजीमा रहेको र त्यो कुरालाई मेस्सीले पनि सम्मान गर्नुपर्ने निकोलसले बताए। उनले भने,”एम्बाप्पे पाँच वर्ष देखि पिएसजीमा छन् भन्ने कुरालाई मेस्सीले भुल्नु हुँदैन र मेस्सीले एम्बाप्पेलाई सम्मान गर्नुपर्छ।”

एम्बाप्पेले बालोन डी-ओर जितिसक्थे

निकोलस एनेल्काले प्रिमियर लिग क्लब अथवा लालिगा क्लबमा भएको भए एम्बाप्पेले यस अगाडी नै बालोन डी-ओर जितिसकेको हुने दावी समेत गरेका छन्।

“यदि उनी स्पेन र इंग्ल्याण्डमा भएको भए उनले बालोन डी-ओर जितिसक्थे। बालोन डी-ओर जित्न युरोपको छैठौ स्थानमा रहेको लिगमा खेलेर हुन्छ र?”,उनले भने। पिएसजीलाई उत्कृष्ट क्लब बन्न एम्बाप्पेको आवश्यकता पर्ने पनि निकोलसले बताए। निकोलसको नजरमा एम्बाप्पे हालको अवस्थामा विश्वकै नम्बर एक खेलाडी हुन्।

प्रकाशित : मङ्गलबार, असोज १२, २०७८०९:४७

पिएसजी भर्सेस म्यानचेस्टर सिटी: मेस्सीले खेल्ने सम्भावना कति ?