एजेन्सी – म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले च्याम्पियन्स लिग अन्तर्गत हुने पेरिस सेन्ट जर्मेन(पिएसजी) र म्यानचेस्टर सिटी बीचको खेलमा लियोनेल मेस्सीले खेल्ने आशा राखेका छन्।
पिएसजीसंग खेल्नु अगाडी आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्नेक्रममा पेप ग्वार्डिओलाले पिएसजी र सिटीको खेलमा मेस्सीले खेल्ने आशा व्यक्त गरेका हुन्।
“आशा छ उनी खेल्नेछन्।”,ग्वार्डिओलाले भने। त्यस्तै ग्वार्डिओलाले मेस्सीले बार्सिलोना छाड्दा आफू पनि छक्क परेको बताएका छन्। मेस्सीले बार्सिलोना छाड्दा अरु जस्तिउ आफूलाई पनि अचम्म लागेको उनले बताए।
कुनै एक समयमा मेस्सीले बार्सिलोनाले छाड्छन् होला भनेर कल्पना नगर्न नसकिने अवस्था भएपनि मेस्सीले बार्सिलोना छाडेको र त्यसलाई सबैले स्वीकार गर्न पनि ग्वार्डिओलाको भनाई छ।
“यो मेरा लागि मात्र होइन सबैका लागि आश्चर्यको कुरा थियो। तर जे हुनुथ्यो भयो। अब सबैले यसलाई स्विकार गर्नु पर्छ कि मेस्सी बार्सिलोनामा छैनन।”,उनले भने।
मेस्सी पेरिसमा खुशी रहने आशा पनि ग्वार्डिओलाले व्यक्त गरे। उनले भने,”पहिला पहिला यो कुरा कल्पना पनि गर्न सकिने थिएन। तर अन्त्यमा त्यहि नै भयो। म पक्का छु कि उनी पेरिसमा खुशी हुनेछन्।”