नवरात्रीभर राशि अनुसार गर्नुहोस् यस्ता उपाय, मिल्नेछ माता दुर्गाको आशिर्वाद !

हिन्दु शास्त्र अनुसार नवरात्रीको समयमामा माता दुर्गाको नौ रूपहरुको पूजा गरिन्छ। नवरात्री पर्व वर्षमा दुई पटक मनाइन्छ। नवरात्रिको एक पर्व चैत्र शुक्ल पक्षको प्रतिपदा देखि नवमी तिथि सम्म मनाईन्छ। त्यस्तै नवरात्रिको अर्को पर्व आश्विन शुल्क पक्षको प्रतिपदा देखि नवमी तिथि सम्म मनाईन्छ। हिन्दु मान्यता अनुसार यी ९ दिनमा माता दुर्गालाई प्रसन्न गरेर धेरै सिद्धिहरु प्राप्त गर्न सकिन्छ। यस्तो स्थितिमा, तपाईंको राशि अनुसार नवरात्रीभर केहि उपायहरु गरेर आफ्नो भाग्य चम्काउन सक्नुहुन्छ। जान्नुहोस् आफ्नो राशि अनुसार के उपाय गरेर कस्तो सफलता प्राप्त गर्न सकिन्छ त ?

मेष राशि

यस राशिका मानिसहरुले आफ्नो इच्छा पुरा गर्न माता स्कन्दमाताको पूजा गर्नु पर्छ। मेष राशिका मानिसहरुले दुर्गा सप्तशती वा दुर्गा चालिसाको पाठ गरेर दुर्गा माताको आशीर्वाद प्राप्त गर्न सकिन्छ।

वृष राशि

वृष राशिका मानिसहरुले विशेष गरी नवरात्रीको समयमा माता महागौरीको पूजा गर्नु पर्छ। यस दिन ललिता सहस्रनामको पाठ गर्दा अविवाहित स्त्रीले राम्रो दुलहा पाउँछन्।

मिथुन राशि 

यस राशिका मानिसहरुको लागि माता ब्रह्मचारिणीको पूजा गर्नु धेरै फलदायी हुन्छ। यस राशिका मानिसहरुले दैनिक तारा कवचको पाठ गर्नु पर्छ। यसो गर्नाले छिट्टै ज्ञान प्राप्त हुन्छ भन्ने विश्वास रहेको छ।

कर्कट राशि 

यस राशिका मानिसहरुले माता शैलपुत्रीको पूजा गर्नु पर्छ। कर्कट राशिका व्यक्तिले लक्ष्मी सहस्रनामको पाठ गर्नुपर्छ। यसो गर्नाले व्यक्तिको दिमागमा कुनै प्रकारको डर रहँदैन।

सिंह राशि 

सिंह राशिका मानिसहरुले माता कुष्माण्डाको साधना गर्नु पर्छ। जीवनमा सफलता प्राप्त गर्नको लागि दुर्गा मन्त्रको कम्तीमा ५ माला जप गर्नुहोस्।

कन्या राशि 

यस राशिका मानिसहरुले माता ब्रह्मचारिणीको पूजा गर्नु पर्छ। माता विद्यासँग सम्बन्धित सबै समस्याहरुलाई हटाएर विद्यार्थीहरुलाई सफलता प्राप्त हुन्छ। यस राशिका मानिसहरुले लक्ष्मी मन्त्रको जप गर्नुपर्छ।

तुला राशि 

यस राशिका मानिसहरुले देवी महागौरीको पूजा गर्नु पर्छ। तुला राशिका मानिसहरुमा काली चालीसा वा सप्तशतीको प्रथम चरित्र पाठ गर्नु पर्छ। अविवाहित स्त्रीहरुले नवरात्रीमा माताको पूजा गर्दा निकै उत्तम वर प्राप्त गर्छन्।

वृश्चिक राशि 

वृश्चिक राशिका मानिसहरुले स्कन्दमाताको पूजा गर्नु पर्छ। यसो गर्नाले उनीहरुले विशेष परिणाम प्राप्त गर्छन्।

धनु राशि 

यस राशिका मानिसहरुले माता चन्द्रघण्टाको पूजा गर्नु पर्छ। यसो गर्नाले तपाईंको मनबाट सबै डर र समस्याहरु हटेर जानेछ।

मकर राशि 

यस राशिका मानिसहरुले कालरात्रिको पूजा गर्नु पर्छ। यस राशिका मानिसहरुले नर्वण मन्त्र जप गर्नुहोस्। यसो गर्नाले तपाईंको जीवनमा कहिल्यै केहि कमी हुँदैन।

कुम्भ राशि 

कुम् राशिका मानिसहरुको लागि माता कालरात्रिको पूजा धेरै फलदायी हुन्छ। यस राशिका मानिसहरुले दैनिक रूपमा देवी कवच​को पाठ गर्नु पर्छ। माताले भक्तहरुको जीवनमा अन्धकार र निराशाको समयमा मार्गदर्शन गर्ने विश्वास गरिन्छ।

मीन राशि 

यस राशिका मानिसहरुले माता चन्द्रघण्टाको पूजा गर्नु पर्छ। बगलामुखी माताको जप गर्नुहोस्। यसो गर्नाले तपाईंको विद्या बढ्नेछ।

प्रकाशित : मङ्गलबार, असोज १२, २०७८१२:२३

यस्ता श्रीमती पाउने पुरुष हुन्छन् अत्यन्त भाग्यमानी, दिन्छिन् हरेक सुख !