यी हुन् २१ औं शताब्दीमा सबैभन्दा धेरै गोल गर्ने टप जोडि, मेस्सी र रोनाल्डोको नाम निरन्तर !

यो शताब्दीको सबैभन्दा धेरै गोल गर्ने जोडीको सूची सार्वजनिक भएको छ। बार्सिलोनाका पूर्व कप्तान लियोनल मेस्सी र पूर्व टिममेट लुइस सुवारेज सबैभन्दा सफल जोडी रहेका छन्। बार्सिलोनामा ६ वर्ष एकसाथ बिताएका यी दुई खेलाडीले मैदान र मैदान बाहिर पनि राम्रो मित्रता स्थापना गरेका थिए।

 

फुटबल इतिहासकै सबैभन्दा खतरनाक ट्रियोको रूपमा परिस्चित ‘एमएसएन’ को दुई तिहाई यो जोडीले क्लब स्तरमा सम्भावित हरेक उपाधि जित्न सफल भएको थियो। २०१५/१६ वर्ष यी दुई खेलाडी मिलेर कुल १०० गोल गर्न सफल भएका थिए, जसमा सुवारेजले ५९ गोल गरेका थिए भने मेस्सीले ४१ गोल गरे। त्यस्तै, मेस्सी र नेइमारले संयुक्त रूपमा ९७ गोल गरेका थिए।

यी दुई जोडी पछि छन् रोनाल्डो र बेन्जेमाको जोडी, जसमे २०१० को दशकमा रियल म्याड्रिडलाई ४ पटक च्याम्पियन्स लिग जिताउन महत्वपूर्ण भूमिका खेले। यी दुई खेलाडीले २०११/१२ मा संयुक्त रूपमा ९२ गोल गर्न सफल भए।

ट्रान्सफरमार्केटले जारी गरेको टप ३० जोडी यस्तो छ…..

३०. क्रिस्टियानो रोनाल्डो (४२) र अल्भारो मोराटा (२०) – ६२ गोल (रियल म्याड्रिड – २०१६/१७)

२९. रोबर्ट लेवान्डोसकी (४८) र थोमस मुलर (१५) – ६३ गोल (बार्यन म्युनिख – २०२०/२१)

२८. रुड भान निस्टेलरुए (४४) र पौल स्कोल्स (२०) – ६४ गोल (म्यानचेस्टर युनाइटेड – २००२/०३)

२७. डीडियर ड्रोग्बा (३७) र फ्रान्क लाम्पार्ड (२७) – ६४ गोल (चेल्सी – २००९/१०)

२६. क्रिस्टियानो रोनाल्डो (४४) र ग्यारेथ बेल (२१) – ६५ गोल (रियल म्याड्रिड – २०१७/१८)

२५. ज्लाटान इब्राहिमोहिक (४१) र एडिन्सन काभानी (२५) – ६६ गोल (पेरिस-सेन्ट जर्मेन – २०१३/१४)

२४.  एडिन्सन काभानी (४९) र लुकास मौरा (१९) – ६८ गोल (पेरिस-सेन्ट जर्मेन – २०१६/१७)

२३. एडिन्सन काभानी (४०) र नेइमार (२८) – ६८ गोल (पेरिस-सेन्ट जर्मेन – २०१७/१८)

२२. क्लास जान हुन्टेलार (४८) र राउल (२१) – ६९ (साल्का – २०११/१२)

२१. एडिन जेको (३५) र ग्रफाइट (३५) – ७० गोल (वुल्फ्सबर्ग – २००८/०९)

२०. लियोनल मेस्सी (४७) र पेड्रो (२३) – ७० गोल (बार्सिलोना – २००९/१०)

१९. मोहम्मद सलाह (४४) र रोबर्टो फोर्मिनो (२७) – ७१ गोल (लिभरपुल – २०१७/१८ )

१८. लियोनल मेस्सी (३८) र सामुएल इटो (३६) – ७४ गोल (बार्सिलोना – २००८/०९)

१७. रोबर्ट लेवान्डोसकी (४२) र थोमस मुलर (३२) – ७४ गोल (बार्यन म्युनिख – २०१५/१६)

१६. लियोनल मेस्सी (५१) र लुइस सुवारेज (२३) – ७४ गोल (बार्सिलोना – २०१९/१९)

१५. क्रिस्टियानो रोनाल्डो (५५) र करिम बेन्जामा (२०) – ७५ गोल (रियल म्याड्रिड – २०१२/१३)

१४.  क्रिस्टियानो रोनाल्डो (५१)  र करिम बेन्जामा (२३) – ७५ गोल (रियल म्याड्रिड – २०१३/१४)

१३. ज्लाटान इब्राहिमोहिक (५०) र एडिन्सन काभानी (२५) – ७५ गोल (पेरिस-सेन्ट जर्मेन – २०१५/१६)

१२. लियोनल मेस्सी (५३) र डेभिड भिल्ला (२३) – ७६ गोल (बार्सिलोना – २०१०/११)

११. लियोनल मेस्सी (६०) र डेभिड भिल्ला (१६) – ७६ गोल (बार्सिलोना – २०१२/१३)

१०.  लियोनल मेस्सी (४५) र लुइस सुवारेज (३१) – ७६ गोल (बार्सिलोना – २०१७/१८)

९. रोबर्ट लेवान्डोसकी (५५) र सर्जे गेनाब्री (२३) – ७८ गोल (बार्यन म्युनिख – २०१९/२०)

८. क्रिस्टियानो रोनाल्डो (५३) र करिम बेन्जेमा (२३) – ७९ गोल (रियल म्याड्रिड – २०१०/११)

७. क्रिस्टियानो रोनाल्डो (५१) र करिम बेन्जेमा (२८) –  ७९ गोल (रियल म्याड्रिड – २०१५/१६)

६. क्रिस्टियानो रोनाल्डो (६१) र करिम बेन्जेमा (२) – ८३ गोल (रियल म्याड्रिड – २०१४/१५)

५. लियोनल मेस्सी (७३) र सेस्क फ्याब्रीगास (१५) – ८८ गोल (बार्सिलोना – २०११/१२)

४. लियोनल मेस्सी (५४) र लुइस सुवारेज (३६) – ९० गोल (बार्सिलोना – २०१६/१७)

३. क्रिस्टियानो रोनाल्डो (६०) र करिम बेन्जेमा (३२) – ९२ गोल (रियल म्याड्रिड – २०११/१२)

२. लियोनल मेस्सी (५८) र नेइमार (३९) – ९७ गोल (बार्सिलोना – २०१४/१५)

१. लुइस सुवारेज (५९) र लियोनल मेस्सी(४१) – १०० गोल (बरसिलोना – २०१६/१७)

प्रकाशित : मङ्गलबार, असोज १२, २०७८१६:३१

फेरी पनि वर्ष बाधक बन्यो ई.पि.एल को, आयोजक साथै दर्शक सबै असन्तुष्ठ